शौचालय गएका भट्टराईलाई ‘नो केबलकार’ समूहले घेरा हालेपछि प्रहरीले शौचालयको चुकुल लगाएर सुरक्षा दिएको थियो

IMG-20250419-WA0131

ताप्लेजुङ: नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईविरुद्ध गृहजिल्ला ताप्लेजुङमा नाराबाजी भएको छ। पाथीभरामा केवलकार निर्माणका विषयमा भएको विवादमा पूर्व पर्यटनमन्त्रीसमेत रहेका सांसद भट्टराईसँग असन्तुष्ट ‘नो केवलकार’ समूहले शुक्रबार कञ्चनजंघा हिरक महोत्सवमा आएका उनको विरोधमा नाराबाजी गरेका हुन्।
शुक्रबार कञ्चनजंघा हिरक महोत्सवको उद्‌घाटनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डेसहित नेता भट्टराई हेलिकोप्टरबाट ताप्लेजुङको लेलेप पुगेका थिए।
फक्ताङलुङ गाउँपालिका-६ लेलेपमा महोत्सव भइरहेको छ। महोत्सवमा सहभागी भएर काठमाडौँ फर्किने बेला भट्टराईविरुद्ध नाराबाजी भएको थियो। प्रत्यक्षदर्शी नेपाल पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार उद्घाटन कार्यक्रम सम्पन्न भएपछि मन्त्री पाण्डे हेलिकप्टर भएतिर गए। उनीसँगै रहेका सांसद योगेश भट्टराई भने कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को भवनमा रहेको शौचालयतिर लागे। जब भट्टराई सिंढी चढेर शौचालय उक्लिए, वरपर रहेका स्थानीयले उनीविरुद्ध नाराबाजी सुरु गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement