सीजनको पहिलो डायमण्ड लीगमा साबलेले हिस्सा लिने

IMG-20250419-WA0128

नयाँ दिल्ली: राष्ट्रिय रेकर्डधारी भारतीय एथलीट अविनाश साबलेले सीजनको पहिलो डायमण्ड लीगमा हिस्सा लिनेछन्। साबले २६ अप्रेलमा चीनको शियामेनमा हुने डायमण्ड लीगमा ओर्लिनेछन्। अनि ३००० मीटर स्टीपलचेजमा चुनौती पेश गर्नेछन्। यस टुर्नामेण्टमा ओलम्पिक र वर्ल्ड च्याम्पियन मोरक्कोका सूफियाने अल बक्कालीले पनि हिस्सा लिनेछन्। साबले गत वर्ष सेप्टेम्बरमा डायमण्ड लीग फाइनलपछि पहिलोपल्ट यस प्रमुख प्रतियोगितामा ओर्लिनेछन्। त्यस समय उनी फाइनलमा ८ मिनट १७.०९ सेकेण्डको समयसहित नवौं स्थानमा रहेका थिए। शियामेनमा हुने डायमण्ड लीगमा पेरिस ओलम्पिक र वर्ल्ड च्याम्पियनशीपमा काँस्य पदक विजेता केन्याका अब्राहम किबिवोत पनि देखिनेछन्, जसले २०२२-को कमनवेल्थ गेम्समा साबलेलाई पछि छोड़ेर स्वर्ण पदक जितेका थिए। ३० वर्षीय साबले पेरिस ओलम्पिकमा ८ मिनट १४.१८ सेकेण्डको समयसहित ११औं स्थानमा रहेका थिए। उनले पेरिस ओलम्पिकको टाइमिंगको आधारमा सेप्टेम्बरमा टोक्योमा हुने वर्ल्ड च्याम्पियनशीपको निम्ति क्वालीफाई गरिसकेका छन्। यसबीच साबलेले कोच्चिमा २१-देखि २४ अप्रेलसम्म हुने फेडरेशन कप राष्ट्रिय च्याम्पियनशीपमा चाहिँ हिस्सा लिनेछैनन्, जुन कोरियामा आउँदो महिना हुने एशियन च्याम्पियनशीपको चयनको निम्ति अन्तिम टुर्नामेण्ट हो। भारतीय एथलेटिक्स महासंघले एशियन च्याम्पियनशीपमा चयनको निम्ति सबै खेलाड़ीहरूलाई फेडरेशन कपमा खेल्नु अनिवार्य गरेको छ। यसमा ती खेलाड़ीहरूलाई मात्र छूट दिइनेछ, जो विदेशमा प्रतियोगिताहरूमा हिस्सा लिइरहेका छन् या अभ्यास गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement