दिल्लीको जन्तर-मन्तरमा धरना दिने व्यक्तिहरूको विरोधमा सिक्किमे जनताद्वारा ऱ्याली

IMG_20220911_224508.jpg

गान्तोक: दिल्लीको जन्तर-मन्तरमा धरना दिने व्यक्तिहरूको विरोधमा आज आम सिक्किमे जनताले राजधानीमा एक ऱ्याली निकाल्यो। स्मरण गराइन्छ – सिक्किममा धारा ३७१एफ रद्द गरिनु पर्छ भन्ने माग गर्दै दिल्लीको जन्तर-मन्तरमा धरना दिएको थियो। आम्बो गोलाईबाट शुरू भएको उक्त ऱ्याली सिच्छेस्थित जिल्ला प्रशासनिक केन्द्र परिसर पुगेर समाप्त भयो। ऱ्यालीमा सहभागी सामाजिक कार्यकर्ता पासाङ शेर्पाले दिल्लीको जन्तर-मन्तरमा सिक्किमलाई प्राप्त संवैधानिक अधिकार धारा ३७१एफ रद्द गरिनु पर्छ भनेर दुई जना व्यक्तिले दिएको बयान राष्ट्रविरोधी रहेको ठहर गरे। उनले उक्त बयानको विरोधमा आज ऱ्याली निकालिएको बताउॅंदै सिक्किमको लागि यदि सिक्किमेहरू नै अगाडि नआए अरू कोही आउनेवाला छैन भनी बताए।

उनले धारा ३७१एफ सिक्किम भारतमा विलय भएर २२औं अभिन्न अंग हुँदाको एउटा संविधान रहेको बताए। यदि कसैले पनि संवैधानिक धारा ३७१एफ माथि ऑंखा लगाउॅंछ भने यो कुरा ८ मई सम्झौतामा पुग्नेछ भन्दै उनले भारत सरकार र गुप्तचर विभागका कर्मीहरूको ध्यान आकर्षित गराए। धरना गर्ने व्यक्तिहरूले सिक्किममा चाइना र नेपालका मानिसहरू बस्छन् भनी दिएको बयानबारे बोल्दै शेर्पाले यो केवल सिक्किमेहरूलाई मात्र नभएर सीमाको सुरक्षा गरेर बसिरहेका सेनाहरू र गुप्तचर विभागलाई पनि प्रश्न हो भनी बताए।

अर्कोतिर, यस विषयमा पुलिसले गरिरहेको कारबाहीमाथि बोल्दै उनले धारा ३७१एफ को विरोधमा बोल्नेहरू राष्ट्रविरोधी हुन् र राष्ट्रविरोधीहरूलाई नोटिस पठाइएर हुॅंदैन सोझै पक्राउ गर्नु पर्छ भनी बताए। उनले उक्त दुई व्यक्तिको पछाडि कुन शक्तिको हात छ सम्बन्धित निकायहरूले पत्तो लगाउनु पर्ने बताए। उनले बाहिरी शक्तिले सिक्किममा अशान्ति मचाउन चाहेको हुनछ सक्ने आशंका व्यक्त गर्दै सिक्किममा बासोबास गर्ने विभिन्न समुदायका मानिसहरूबीच साम्प्रदायिक सद्भाव कायम रहनुपर्छ भन्ने विचार राखे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement