मिरिक: साताकाे एक दिन मिरिकलाई दिनेछाै भन्ने नाराकाे साथमा सफाई अभियानमा निस्किएका मानवता फाउण्डेसन मिरिकले आइतबार मिरिककाे पवित्र धार्मिक स्थल सहमेन्दु देवीस्थान परिसरमा सफाई अभियान चलाएकाे छ।फाउण्डेसनका सदस्यहरूले मिरिक देवीस्थान परिसरमा भएका फाेहाेर अनि प्लास्टिकहरूलाई संग्रह गरेर सुरक्षीत स्थानमा तह लगायाे।

मानवता फाउण्डेसन मिरिकका सदस्य विनय गाेलेले मिरिक पर्यटन केन्द्रकाे आकर्षणहरूमध्ये एउटा मिरिक सहमेन्दु देवीस्थान एउटा रहेकाे जहाँ नाैराथा शुरू हुन साथै भक्तहरूकाे भीड लाग्ने हुनाले उक्त स्थानमा सफाई गरिएकाे बताए। तिनले आइतबार प्रथम चरणमा देवीस्थान जाने सिडी, शाैचालय आदिकाे सफाई गरिएकाे जानकारी गराँउदै आगमी बुधबार अझ ब्यापकताकाे साथमा सफाई अभियान चलाइनेछ भने।

तिनले फाउण्डेसनले यसवर्ष देवीस्थान परिसरमा लिङ्गे पीङ पनि बनाँउने याेजना तयार पारेकाे जानकारी गराँउदै देवीस्थान परिसरलाई सबैले सफा राख्ने अनि जतासुकै फाेहाेर नफाली दिने अनुराेध पनि गरेका छन्। याद रहाेस देवीस्थानमा प्रत्येक नाैराथा शुरू हुन साथै दुर्गा पूजा पनि शुरू गरिन्छ भने उक्त समय स्थानीय मात्र नभएर मिरिक पर्यटन केन्द्रमा घुम्न आउने पर्यटकहरू समेतले श्रद्धा अनि भक्तिकाे साथमा देवीकाे पूजा गर्ने गर्दछ।