नाम्ची: नाम्ची जिल्लाको सिद्धेश्वर धामको १५औं स्थापना दिवस समारोहमा सहभागी बन्न जगतगुरु अनन्त बाल सन्त मोहन देवाचार्य आज सिक्किम आइपुगेका छन्। यस अवसरमा भारत नेपाल सिमास्तित काकड़भिट्टामा भव्य स्वागत गरियो। उल्लेख्य, चारधामको १५औं स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रमको अवसरमा आयोजना गरिने महापुराणमा सहभागी बन्न उनी सिक्किम आएका हुन्। सिक्किम आउने क्रममा उनलाई भारत नेपाल सिमानाको पानी ट्याङकीमा स्वागत जनाइएको हो। उनको उपस्थितिमा सप्ताहव्यापी महापुराण कार्यक्रम सम्पन्न हुनेछ। सप्ताहव्यापी समारोहमा भारतका विभिन्न राज्य र छिमेकी राष्ट्र नेपालका धर्मावलम्बीहरु पनि सहभागी बन्नेछन्।