चुङथाङमा अग्नि सेवा सप्ताह कार्यक्रम

IMG-20250418-WA0248

मंगन: राष्ट्रिय अग्नि सेवा सप्ताहको अवसरमा उत्तर सिक्किम्को चुङथाङ अग्निशमन केन्द्रले अग्नि सुरक्षा उपायहरूमाथि जागरूकता र्याेली र प्रदर्शन कार्यक्रम आयोजन गऱ्यो। अग्निशमन केन्द्रले तासा टेङ्गे वरिष्ठ माध्यमिक विद्यालय, मुनलाइट एकाडेमी र चुङथाङ पुलिस थानाले शिक्षक र विद्यार्थीहरूसँगको सहकार्यमा कार्यक्रम आयोजन गरेको हो। यसअन्तर्गत चुङथाङ बजारमा “अग्नि सेवा सप्ताह” माथि र्या्ली र प्रदर्शन गरेको थियो। आगोको जोखिम र यसको सामना कसरी गर्ने विषय0बारेमा विद्यार्थी र जनतालाई सचेत गराउन कार्यक्रम आयोजन गरिएको थियो। यस्तै जागरूकता कार्यक्रम मंगन बजारमा पनि सम्पन्न भयो। यसबीच फुफु मैदानसम्म जागरूकता र्याैली निकालियो। मंगन र चुङथाङ अग्निशमन केन्द्रका अग्निशमन तथा आपतकालीन सेवाका अधिकारीहरू तथा कर्मचारीहरुले अग्नि नियन्त्रणबारे प्रदर्शनी गरे। कार्यक्रममा चुङथाङका एसडीपीओ अरुण ठटाल मुख्य अतिथि थिए। कार्यक्रममा पञ्चायतहरू, पुलिस अधिकारीहरू, एसएपीका अधिकारीहरू, शिक्षकहरू, विद्यार्थीहरू र स्थानीय नागरिकहरुको उपस्थिति थियो। आगलागीको समयमा देखिने जोखिम र आगलागीको आपतकालीन अवस्थामा अप्नाउनुपर्ने विभिन्न अग्नि नियन्त्रण प्रविधि, उपकरणहरू र गर्न नहुने विभिन्न तकनिकीमाथि प्रदर्शन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement