गान्तोक: गान्तोक निर्वाचन क्षेत्रको विकास साथै संरचनालाई लिएर आज क्षेत्र विधायक दिले नामग्याल बर्फुङपाले विकास क्षेत्र साथै डिजेल पावर हाउसको निरीक्षण गरे। यस क्रममा विशेष गरेर झोडा नालीहरू सरसफाई पर्ने निर्देश दिए। निरीक्षणको क्रममा सम्वन्धित निकायका अधिकारीहरू पनि सामेल रहेका थिए। यस अवसरमा विधायक बर्फुङपाले उक्त क्षेत्रमा झोडाको अव्यवस्थित अवस्थाप्रति चिन्ता व्यक्त गर्दै यसको शीघ्र व्यवस्थापनको पहल गर्ने निर्देश दिए। उनले सम्भावित प्राकृतिक जोखिमहरूलाई ध्यानमा राख्दै संरचनागत सुधार र दीर्घकालीन समाधानमाथि जोड दिए। निरीक्षणको क्रममा गान्तोक जिल्लाकी पार्षद विन्ध्या सिन्चुरी र अन्य अधिकारीहरुको सहभागिता थियो।