गान्तोक: इन्डो-तिबेटन बोर्डर पुलिस (आईटीबीपी) ले भारत सरकारको ‘भाइब्रेन्ट भिलेज’ अभियानअन्तर्गत उत्तर सिक्किमको जङ्गुस्थित लुम, गौर-साङ्तोक ग्राम पञ्चायत एकाईको गौर वार्डमा स्वास्थ्य शिविर आयोजन गरियो। उक्त शिविर नशामुक्त भारत अभियानअन्तर्गत सञ्चालन गरिएको हो। जसको उद्देश्य स्थानीय मानिसहरुमा स्वास्थ्य सचेतना र लागूपदार्थ दुर्व्यसन नियन्त्रणमा सहयोग पुर्यााउनु रहेको थियो। शिविरमा स्थानीय बासिन्दाहरूलाई स्वास्थ्य टोलीद्वारा निःशुल्क स्वास्थ्य जाँच र परामर्श सेवा प्रदान गरिएको थियो। शिविरमा वार्ड पञ्चायत डोमा लेप्चाले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्यािएर सेवा कार्य गर्न सफळ आईटीबीपीको कार्यप्रति खुसी व्यक्त गरिन्। यस कार्यले एमर्जेन्सी स्वास्थ्य समस्या समाधानसँगै दीर्घकालीन रूपमा नशाविरुद्ध चेतना फैलाउन प्रभावी भूमिका खेलेको बताइन्।