दार्जिलिङ: वासभूमि र पर्जा पट्टाको मुद्दालाई लिएर शनिवार दार्जिलिङमा भारतीय गोर्खा परिसंघको कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रमको लागि भारतभरिका २२ वटा राज्यहरुका प्रतिनिधिहरु आज नै दार्जिलिङ आई पुगेका छन्। अब भोलि शनिवार बासभूमि र पर्जा पट्टाको मुद्दालाई लिएर २२ वटा राज्यका सर्वभारतीय स्तरमा भारतीय गोर्खा परिसंघका गोर्खा प्रतिनिधिहरु र दार्जीलिङ क्षेत्रका बुध्दिजीविहरु र संघ संस्थाहरुलाई लिएर कार्यक्रम आयोजना गरिने भएको छ। यस विषयमा आज दार्जिलिङमा पत्रकार सम्मेलन गरेर भारतीय गोर्खा परिसंघका राष्ट्रिय उपाध्यक्ष यमप्रसाद घिमिरेले दार्जिलिङ जिल्ला क्षेत्रका बुध्दिजीवीहरु र संघ संस्थाहरुका प्रतिनिधिहरुलाई उपस्थित भईदिने अनुरोध गरेका छन्।