नेपाली भाषाको प्रयोगलाई लिएर युवा शक्ति खरसाङ महकुमा समितिको सभा सम्पन्न

IMG-20250418-WA0202(1)

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन युवा शक्ति, खरसाङ महकुमा समितिको जरूरी सभा खरसाङस्थित पार्टी कार्यालयमा प्रेमेन्द्र गुरूङको अध्यक्षतामा सम्पन्न भयो। सभामा जीटीएको पहलमा जीटीए क्षेत्रका सरकारी कार्यालय, गैर सरकारी संस्थान, स्कूल, दोकान पाटहरूमा नेपाली भाषामा लेखिएको साइन बोर्ड लगाउनु पर्ने सरकारी आदेशलाई मध्यनजर राख्दै जीटीए कार्यपालको निर्देशनमा युवा शक्ति, खरसाङ महकुमा समितिले जनचेतनामूलक कार्यक्रम गर्ने निर्णय लिइयो। सभालाई भागोप्रमो युवा शक्ति केन्द्रिय समिति महासचिव सदीप प्रधान, खरसाङ महकुमा समिति युवा शक्ति सभापति प्रेमेन्द्र गुरूङ, खरसाङ महकुमा शहर समिति कार्यवाहक सभापति बन्धन लामा, टुङ्ग सन्तमेरिज समष्टि युवा शक्ति महासचिव दिपेश तामाङ, तीनधारे महानदी समष्टि युवा शक्ति महासचिव सञ्जीव मंगर, सोनादा पच्चेङ्ग समष्टि युवा शक्ति सभापति माइकल गुरूङ, पंखाबारी लङ्भ्यु अम्बटे समष्टि महासचिव लगायत अन्यहरूले सम्बोधन गरेका थिए। सभामा केन्द्रीय समिति कोषाध्यक्ष साजित मोहम्मद, खरसाङ महकुमा समिति युवा शक्ति उप सभापति सहदेव तामङ, खरसाङ शहर समिति सभापति कमलेश राई, उप सभापति अमित लामा लगायत महकुमा, शहर समिति अनि समष्टि प्रतिनिधिहरूको विशेष उपस्थितिरहेको थियो भनी बसन्त कुलुङ राईले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement