फिल्म गायनमा पपस्टार राजु लामा, गाए ‘सम्झना बिर्सना सललल’

IMG-20250418-WA0203

झापा: पपस्टार राजु लामाले नेपाली फिल्मको गीतमा स्वर दिएका छन्। अशोक शर्माको आगामी निर्देशकीय कथानक फिल्म ‘डबल ट्रिपल’को लागि उनले शुक्रबार एक स्टुडियोमा गीत रेकर्ड गराए।
पपसंगीतका यी हस्तीले सम्भवतः पहिलोपटक नेपाली पाश्र्वगायनमा स्वर दिएको बताइएको छ। ‘मंगोलियन हार्ट’ सांगीतिक समूहका मुख्य गायकले ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को ब्यस्तताबीच फिल्ममा स्वर दिएका हुन् ।
३ दशकअघि रिलिज भएको फिल्म ‘ट्रक ड्राइभर’को गीत ‘सम्झना बिर्सना सललल’लाई रिमेक गर्न लागिएको हो। रिमेक संस्करणमा लामा र रचना रिमालको स्वर हुनेछ। यसअघि शम्भुजीत बासकोटा शब्द तथा संगीत रहेको गीतमा उदितनारायण झा र दीपा झाको स्वर थियो।
अहिले पनि बासकोटाकै संगीत छ। त्यो गीत सुपरहिट भएकाले पनि दर्शकको चाहनालाई मध्यनजर गर्दै मर्म नमरोस् भन्नेमा सजग रहँदै संगीतकार बासकोटालाई पुनः संगीत संयोजन र निर्माणको जिम्मेवारी दिएको निर्माता शर्माले बताए।
फिल्मको छायांकन बैशाखदेखि हुने तयारी छ। २०८२(२०२५) सालको फागुन १ देखि प्रदर्शनमा आउने फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजाराम पौडेल लगायतको अभिनय हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement