भागोप्रमोको दार्जिलिङ सदर १ समष्टि युवा शक्ति र नारी शक्तिको कमिटी गठन

IMG-20220911-WA0148.jpg

दार्जिलिङ: युवा शक्ति केन्द्रीय समितिको अध्यक्ष अमृत योञ्जनको अध्यक्षता अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव अमर लामाको प्रमुख आतिथ्यमा भागोप्रमो सदर १ समष्टि युवा शक्ति र नारी शक्ति गठन गरिएको छ। भागोप्रमो सदर १ समष्टिमा आज युवा शक्ति अनि नारी शक्ति गठन भयो जसमा युवा शक्ति अध्यक्ष छिरिङ तामाङ अनि सचिव सबित बिश्व भए। त्यसरी नै नारी शक्ति सदर १ समष्टि मिङ्गमा लेप्चा र सचिव अनामिका राई भएका छन्। अर्जुन क्षेत्रीद्वारा सञ्चालन गरिएको कार्यक्रममा केन्द्रिय सांगठनिक सचिव बिजय कुमार राई, महकुमा समिति अध्यक्ष र सचिव क्रमैले आलोक कान्तमनि थुलुङ, केशवराज पोख्रेल, अरुन क्षेत्री, प्रतिभा राई, सुश्मा राई आदिको विशेष उपस्थिति रहेको थियो।

आफ्नो अध्यक्षीय सम्बोधन गर्दै योञ्जनले भने, अब सदर १ समष्टिलाई राम्रो समष्टि बनाएर लानपर्छ। यहाँ भएको प्रत्येक बेकारी समस्यादेखि विकाशमूलक समस्याको समाधान गर्न सम्पूर्ण सदर १ समष्टिवासी एक हुन जरुरी छ। सभालाई अमर लामा, अरुन क्षेत्री आदिले पनि सम्बोधन गरेका थिए। कार्यक्रम अवधि विभिन्न पार्टीहरू त्यागेर १९ घरले भागोप्रमोको झण्डा समातेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement