पीएम श्री सोरेङ उच्चतर माध्यमिक विद्यालयमा जिल्लास्तरीय ‘योग ओलम्पियाड’ आयोजित

n6607117911744916348789cafc04cd4bc859a46109f7625c2215cd52b5d6f5bfe2189e1c8806357ed79750

सोरेङ: पीएम श्री सोरेङ उच्चतर माध्यमिक विद्यालयमा आज सोरेङ जिल्लाका विद्यालयहरूको निम्ति जिल्लास्तरीय ‘योग ओलम्पियाड’ आयोजन गरियो। राज्य शिक्षा विभागको राज्य परियोजना कार्यालय, समग्र शिक्षाले आयोजना गरेको उक्त कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका संयुक्त निदेशक एमके खेवा मुख्य अतिथि थिए।
दुई वर्गमा आयोजित योग ओलम्पियाडमा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरू सहभागी बनेका थिए। यी नवोदित विद्यार्थीहरूले योगको भावनालाई जीवनशैलीको रूपमा मूर्त रूप दिँदै आफ्नो कौशल, धैर्य र कल्याणप्रति प्रतिबद्धता प्रदर्शित गरे। कार्यक्रममा उपस्थित विभागको समर्पित टोलीले सुचारू र निष्पक्ष प्रतियोगिता सुनिश्चित गरेको थियो।
जिल्लास्तरीय प्रतियोगिताका विजेताहरूले आगामी २९ अप्रेल, २०२५ का दिन रानीपुलको बिरसपति परसाई उच्चतर माध्यमिक विद्यालयमा आयोजना हुने राज्यस्तरीय प्रतियोगितामा भाग लिने अवसर प्राप्त गर्नेछन्। यसरी नै राज्यस्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूले आगामी जून महिनामा हुने राष्ट्रिय स्तरको प्रतियोगितामा सिक्किमलाई प्रतिनिधित्व गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement