नाम्ची: दक्षिण सिक्किमको चर्चित तीर्थ पर्यटन स्थल सिद्धेश्वर धामको १५औं स्थापना वर्ष समारोह आयोजनको लागि भव्य तयारी शुरु भएको छ। धाम प्रबन्धन समितिले १९ देखि २५ अप्रेलसम्म वृहत कार्यक्रमको आयोजन रेको छ। यस पवित्र अवसरमा छिमेकी राष्ट्र नेपालका सन्तहरूको उपस्थिति रहनेछन्। यसअन्तर्गत जगतगुरु अनन्त विभूषित बाल सन्त मोहन शरण देवाचार्य महाराजको प्रवचन मुक्य आकर्षण रहनेछ। धाम प्रबन्धन समितिले राज्यका भक्तजन र शुभचिन्तकहरूलाई सप्ताहव्यापी आध्यात्मिक उत्सवमा सहभागिता भिदिने अपील गरेको छ। यसअवधिमा धार्मिक एवं आध्यात्मिक कार्यक्रमसंगै प्रवचन, भक्ति संगीत, झाँकी आदि पनि सम्पन्न हुने जानकारी प्परेस विज्ञप्तिमार्फ त दिएको छ। यस सप्ताहव्यापी समारोहका लागि राज्य सरकारको सूचना एवं जनसम्पर्क विभागले प्रचारप्रशारका लागि सक्रियता देखाएको छ।