गान्तोक: सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्र र खेलकुद एवं युवा मामिला विभागको संयुक्त सहकार्यमा एक दिन स्कूलमा अभियानअन्तर्गत आज रूम्बुक माध्यमिक विद्यालयमा एक कार्यक्रम सम्पन्न भयो। यस अवसरमा खेलकुद एवं युवा मामिला विभागकी उपनिर्देशक ममिता गुरूङले सरकारद्वारा शुरू गरिएको विभिन्न प्रकारको योजनाबारे प्रकास पार्दै खेलकुदको क्षेत्रमा युवाहरूलाई संलग्न गराउने दिशामा धेरैवटा कार्यक्रम सञ्चालन गरिएको ब ताए। उनले थप जानकारी गराएअनुसार उक्त अभियानको माध्यमद्वारा गायन, नृत्य, हाजिरी जवाफ, बक्सिङआदि खेलहरूमा प्रतियोगिता आयोजना गरिनेछ। यसक्रममा विद्यालयका शिक्षक सेमी लेप्चाले कार्यक्रमबारे बताए।