किसान गोष्ठी: माटोको स्वास्थ्य र व्यवस्थापनबारे सचेतना

IMG-20250417-WA0323

गेजिङ: गेजिङ जिल्लाको ही-मार्ताम ब्लकअन्तर्गत बर्मेकमा माटोको स्वास्थ्य र व्यवस्थापन विषयमा एकदिवसीय किसान गोष्ठी कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। उक्त कार्यक्रमले कृषकहरूलाई माटोको प्रकार, यसको उचित व्यवस्थापन तथा दिगो कृषि अभ्यासबारे ज्ञान प्रदान गर्ने उद्देश्य राखेको थियो। कार्यक्रममा सहभागी स्रोतवक्ता सुरज छेत्री, कृषि विभागीय अधिकारी फुर्चो लेप्चा र विवेक शर्माले कृषकहरुलाई कृषिबारे जागरुकरता गराएका थिए। कार्यक्रममा माटो र यसको प्रकारहरू, स्थानीय विभिन्न प्रकारका माटोहरू र त्यसको विशेषताबारेमा जानकारी गराए। विभिन्न क्षेत्रमा माटोको स्वास्थ्य, किट व्यवस्थापन, पोषक तत्त्व व्यवस्थापन र रोग व्यवस्थापनमा माटोको भूमिकामाथि चर्चा गरिएको थियो। माटोको नमूना सङ्कलन विधिहरू, माटो परीक्षणका लागि नमूना सङ्कलन गर्ने सही तरिका र व्यावहारिक प्रदर्शनमाथि पनि स्रोतवक्ताहरुले जानकारी गराए। जैविक दबाई र गोठेमलको प्रयोग, सूक्ष्मजीव र जैविक मलको प्रयोगद्वारा वातावरणमैत्री तथा दिगो कृषि अभ्यासमा कृषकहरुलाई प्रोत्साहित गराएका थिए। गोष्ठीमा अन्तरक्रियात्मक कार्यक्रममार्फत कृषकहरूलाई माटोको स्वास्थ्य संरक्षण र उत्पादन वृद्धि गर्न विधिबारे जानकारी गराएका थिए। यसले कृषि प्रणालीलाई थप सन्तुलित र दिगो बनाउन मदत पुग्ने अपेक्षा गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement