जङ्गूवासीका लागि राहतको खबर: सङकलाङ बेली ब्रीज २० दिनभित्र निर्माण भइसक्ने

IMG-20250417-WA0321

जङ्गू: उत्तर सिक्किमको मङ्गन जिल्लाअन्तर्गत टिस्टा नदीमाथि सङकलाङको नामप्रिकदाङ मैदान नजिक निर्माणाधीन अस्थायी बेली सस्पेन्सन ब्रीज आगामी १५–२० दिनभित्र निर्माण भइसक्ने सीमा सडक सङ्गठन (बीआरओ) का अधिकारी जम्पन लेप्चाले जानकारी दिएका छन्। हाल पुलको निर्माणकार्य युद्धस्तरमा भइरहेको छ। यस पुलको निर्माण पछि लामो समयदेखि आवागमन समस्यामा परेको जङ्गुबासीलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ।
उल्लखेनीय छ, वर्ष २०२३ को प्राकृतिक प्रकोप (ग्लोफ) बाट पुरानो पुल क्षतिग्रस्त भएपछि अस्थायी बेली ब्रीज निर्माण गरिएको थियो। तर, त्यो अस्थायी संरचनासमेत गत ११ फरवरी २०२५ मा भत्किएपछि जङ्गु क्षेत्रको सम्पर्क पूर्ण रूपमा प्रभावित भएको हो।
पुल निर्माण कार्य राज्य सरकारका वन तथा वातावरण मन्त्री तथा जङ्गु क्षेत्रका विधायक पिन्सो नामग्याल लेप्चाको नेतृत्वमा तीव्र गतिमा अगाडि बढिरहेको छ। उक्त पुल निर्माणले पुनः एकपटक जङ्गुका लागि जीवन रेखा सावित हुने जसले स्थानीय जनजीवन, यातायात तथा आपूर्ति प्रणालीलाई सहज बनाउने आशा व्यक्त गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement