जीटीए क्षमताहीन हुन्छ भने होस् तर अब गाउँ बस्ती बलियो भएको हुनपर्छ: अजय एडवर्ड
दार्जीलिङ: पञ्चायती व्यवस्थालाई हाम्रो पार्टीले गहनपूर्वक लिएको छ। दार्जीलिङको माल रोडकाे पी कोठीस्थित हाम्रो पार्टीको केन्द्रीय कार्यालयमा आज केन्द्रीय कमिटिको बैठक पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवर्डको उपस्थितिमा सम्पन्न भयो।आयोजित सभामा पार्टीको केन्द्रीय नेतृत्वहरू प्रायः सबैको उपस्थिति रहेको थियो।

दुई घण्टाभन्दा लामो समयसम्म चलेको बैठकमा पहाडदेखि तराई डुवर्स आदि क्षेत्रहरूमा संगठनको विस्तार साथै संगठनलाई दह्रिलो बनाउने विषयमा चर्चा परिचर्चा भयो। त्यसरी नै गत केही दिन अघि राज्यको निर्वाचन विभागद्वारा जारी गरिएको दुई स्तरीय पञ्चायत चुनावको निम्ति सीमाकंन आदि जस्ता विषयमा पनि केन्द्रीय कमिटिको बैठकमा गहन चर्चा परिचर्चा गरियो। हाम्रो पार्टीले शुरूदेखि पहाडमा पञ्चायत चुनाव नभएको कारणले गर्दा गाउँ बस्ती आदि क्षेत्रहरूमा सरकार पुग्न सकेको छैन जसको कारणले गर्दा पहाडको ग्रामीण क्षेत्रहरूमा पिउने पानीको समस्या, बाटोको समस्या, स्वास्थ्य सुविधाको अभाव आदिले ग्रस्त छन्। त्यसैकारण पहाडमा पञ्चायत चुनाव अविलम्ब गरिनु पर्ने मांग हाम्रो पार्टीले गर्दै आईरहेको छ।

गत केही दिन अघि मात्र हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले जीटीए क्षमताहीन हुन्छ भने होस तर गाउँ बस्तीहरू अब बलियो हुनपर्छ भन्ने बताएका थिए। आजको केन्द्रीय कमिटिको सभाले शहर बजारदेखि लिएर गाउँ,बस्ती,चिया कमान, सिन्कोना बगानहरूको घरहरूको दैलो दैलोहरूमा हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवर्ड जनहित सोचहरू पूराउने निर्णय पनि लिएका छन्।