बीटीएमसी संशोधनको मागलाई समर्थन गर्दै गान्तोकमा शान्ति जुलूस निकालिने

IMG-20250417-WA0320

गान्तोक: बौधगया मन्दिर व्यवस्थापन समिति (बीटीएमसी) ऐन 1949 मा संशोधनको माग गरिरहेको अल इण्डिया बुद्धिस्ट फोरमको सिक्किम शाखाले आगामी २६ अप्रेलमा शान्ति जुलूस आयोजना गर्ने भएको छ। जानकारीअनुसार बौधगया मन्दिर व्यवस्थापन समितिमा सबै सदस्य बौध धर्मावलम्बी हुनुपर्ने भन्दै ऐन संशोधनको माग भइरहेको छ। यो माग पुरा गराउन बौधगयामा विगत दुई महिनादेखि धर्ना बसेका अल इन्डिया बुद्धिस्ट फोरमका सदस्यहरूसँग एकजुटता देखाउन सिक्किममा शान्ति जुलूस आयोजना गर्ने तयारी भैरहेको सिक्किम शाखाका सदस्यहरूले जानकारी दिएका छन्।
गान्तोकमा आयोजना हुने शान्ति जुलूसमा सबैलाई सहभागी बनिदिन फोरमको सिक्किम शाखाले आज एउटा पत्रकार सम्मेलन मार्फत आग्रह गरेको छ। बिहार सरकारले मनोनित गर्ने बौधगया मन्दिर व्यवस्थापन समिति (बीटीएमसी) मा ९ जना सदस्य हुन्छन्। समितिमा ४ जना बौद्ध र ४ जना हिन्दू प्रतिनिधि समावेश हुन्छन भने गया जिल्लाका जिल्ला मजिस्ट्रेट समितिका पदेन अध्यक्ष अथवा एक्स अफिसियो चेयरम्यान हुने गर्दछन्।
समितिका कुल सदस्य मध्ये पाँचजना बौद्ध धर्म बाहिरबाट हुँदा धर्म आधारित कार्यक्रम सञ्चालनमा धेरै असुविधा हुने गरेको भन्दै ऐन संशोधन गरेर समितिमा सबै सदस्य बौध धर्मावलम्बी हुनुपर्ने अल इण्डिया बुद्धिस्ट फोरमको माग रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement