प्रधानमन्त्री आवास योजनामाथि एक दिवसीय कार्यशाला

IMG-20250417-WA0319

गान्तोक: राज्य सरकारको ग्रामीण विकास विभागको पहलमा आज प्रधानमन्त्री ग्रामीण आवास योजनालाई लिएर आज राजधानीमा एक कार्यशाला सम्पन्न भयो। कार्यक्रमलाई सम्बोधन गर्दै विभागका मन्त्री अरूण उप्रेतीले कार्यशाला आयोजनबारे प्रकास पारे। केन्द्र सरकारको उक्त योजना अन्तर्गत राज्यका लाभार्थीहरूलाई राज्य़ सरकारले उचित आवास सुविधा प्रदान गर्दै आएको बताए। मन्त्री उप्रेतीले योग्य लाभार्थीहरूको सही पहिचान र निरीक्षणको महत्त्वमाथि जोड दिदै राज्य सरकारको पहलहरूप्रति सामुहिक सहयोगको आह्वान गरे। उनले सुनौलो, समृद्ध र समर्थ सिक्किमको दृष्टिकोणमा योगदान दिन सबैलाई आग्रह गरे। सोही प्रकारले सम्बोधनको क्रममा भारत सरकारका ग्रामीण आवास उप-महानिर्देशक गया प्रसादले प्रधानमन्त्री आवास योजनाबारे अवगत गराए। उनले यस योजना कार्यान्वयनलाई लिएर राज्यको संलग्नतामाथि निर्भर हुने कुरामाथि जोड दिए। उनले योग्य लाभार्थीहरूको पहिचान, नयाँ नाम दर्ता, विलम्ब भएका निर्माण कार्यहरूको समीक्षामाथि पनि जानकारी गराए। उनले राज्य सरकारद्वारा शुरू गरिएको सिक्किम गरीब आवास योजनाबारेमा पनि प्रकास पारेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement