नयाँ दिल्ली: भारतीय शूटर सुरुचि सिंह र सौरभ चौधरीले पेरुको लीमामा जारी आईएसएसएफ वर्ल्ड कप २०२५-मा १० मीटर एयर पिस्टल मिश्रित टीम स्पर्धाको स्वर्ण पदक जिते। स्पर्धाको फाइनलमा सुरुचि र सौरभले एक समय ८-२-ले पछाड़िए पनि असाधारण पुनरागमन गर्दै चीनकी याओ कियानक्सुन र हू काईको जोड़ीलाई १७-९-ले पराजित गरे। यस साल आईएसएसएफ वर्ल्ड कपमा यो सुरुचिको तेस्रो स्वर्ण पदक हो अनि समग्रमा चौथो पदक हो। उनले गत हप्ता ब्यूनस आयर्समा अनि मंगलवार लीमामा महिलाहरूकी १० मीटर एयर पिस्टल शूटिंग स्पर्धामा पनि स्वर्ण पदक जितेकी थिइन्। यसको साथमा उनले ब्यूनस आयर्समा १० मीटर एयर पिस्टल मिश्रित टीम स्पर्धामा सौरभसँग काँस्य पदक जितेकी थिइन्। यसरी सौरभले पुरुषहरूका १० मीटर एयर पिस्टल स्पर्धामा काँस्य पदकको साथ लगभग ३ सालमा आईएसएसएफ वर्ल्ड कपमा आफ्नो पहिलो व्यक्तिगत पदक जितेका थिए। यसबीच १० मीटर एयर पिस्टल मिश्रित टीम स्पर्धाको काँस्य पदकको म्याचमा मनु भाकर र रविन्दर सिंहलाई चीनका मा कियानके र झांग यिफानको जोड़ीले १६-६-ले पराजित गऱ्यो। १० मीटर एयर पिस्टल मिश्रित टीम स्पर्धाको क्वालीफिकेशन राउण्डमा सुरुचि सिंह (२९१) र सौरभ चौधरी (२८९)-ले जम्मा ५८० पोइण्ट्सको साथ दोस्रो स्थान हासिल गरेका थिए।