सनराइजर्सविरुद्ध मुम्बई इण्डियन्सको ४ विकेटले जीत

IMG-20250417-WA0329

मुम्बई: मुम्बई इण्डियन्सले आईपीएल २०२५-को ३३औं म्याचमा सनराइजर्स हैदराबादलाई ४ विकेटले पराजित गऱ्यो। यो ५ पल्टको च्याम्पियन मुम्बई इण्डियन्सको ७ वटा म्याचमा तेस्रो जीत हो। यसरी सनराइजर्सले ७ वटा म्याचमा पाँचौंपल्ट हारको सामना गर्नु पऱ्यो। बिहीवार वानखेड़े स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै सनराइजर्सले २० ओभरमा ५ विकेट गुमाएर १६२ रन बनायो। ओपनर अभिषेक शर्माले ७ वटा चौकाको साथ २८ बल खेलेर सर्वाधिक ४० रन बनाए। यसबाहेक हेनरिक क्लासेनले ३ वटा चौका र २ वटा छक्काको साथ २८ बलमा ३७ रनको योगदान दिए। ट्रेविस हेडले २८ र नितिश कुमार रेड्डीले १९ रन बनाए। अनिकेत वर्माले अन्तिम ओभरहरूमा आक्रामक शट्हरू खेल्दै २ वटा छक्काको साथ ८ बलमा अविजित १८ रन बनाए। मुम्बई इण्डियन्सका बलरहरूमा विल ज्याक्सले सर्वाधिक २ विकेट लिए। त्यसपछि १६३ रनको लक्ष्यलाई अघि राखेर खेल्दै मुम्बई इण्डियन्सले १८.१ ओभरमा ६ विकेटमा १६६ रन बनाएर म्याच जित्यो। विल ज्याक्सले ३ वटा चौका र २ वटा छक्काको साथ २६ बल खेलेर सर्वाधिक ३७ रन बनाए। रेयान रिकेलटनले ३१ रन बनाए। यसरी रोहित शर्मा र सूर्यकुमार यादवले २६-२६ रनको योगदान दिए। हार्दिक पाण्ड्याले २१ रन बनाए जबकि तिलक वर्मा २१ रनमा अविजित रहे। सनराइजर्सका बलरहरूमा कप्तान प्याट कमिन्सले ३ र एशान मलिंगाले २ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement