तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रहरूबाट अन्य पार्टीहरू त्यागेर लगभग ९८ घर परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

IMG-20220911-WA0144.jpg

खरसाङ: अाज तीनधारेको स्मृति वनमा सम्पन्न एक कार्यक्रमबीच गोजमुमो, हाम्रो पार्टी र अन्य पार्टीहरूबाट लगभग ९८ घर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। यस क्रममा तीनधारे चियाबारीबाट ६२ घर, महानदीको तिरसठ लाइनबाट २४ घर अनि नरबुङ चियाबारीबाट १२ घर गरी जम्मा ९८ घरहरू भागोप्रमोमा सामेल भएका छन्। युवा मोर्चा खरसाङ महकुमा समितिको सह सचिव युवराज प्रधान, युवा मोर्चा तीनधारे चियाबारीको शाखा सभापति विकास प्रधान, तीनधारे महानदी समष्टिको सदस्य रोशन तामाङ, डीटीडीपीएलयु तीनधारे चियाबारीको सचिव संजोग राईसहित तीनधारे चियाबारीको ६२ घर परिवारहरू भागोप्रमोमा सामेल भएका छन्। त्यसरी नै महानदीको तिरसठ लाइनबाट हाम्रो पार्टीको योगेन कार्की र प्रशान्त राईको अगुवाईमा २५ घर परिवारले भागोप्रमोमा समर्थन जनाएका छन्। हाम्रो पार्टीको तिरसठ लाइनको उप सभापति अमीत छेत्री र दिपेन शंकर, सचिव जितेन त्रिखत्री, कोषाध्यक्ष पेम्बा तामाङ लगायत २४ घर परिवारले समर्थन जनाएका छन्। त्यसरी नै नरबुङ चियाबारीको १२ घरले समर्थन जनाएका छन्। भागोप्रमो पार्टीमा सामेल हुने सबैलाई तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टिको को-अर्डिनेटर राजीव थापा, युवा शक्तिको साजन दर्जी लगायत अन्यको बाहुलीबाट पार्टीको झण्डाहरू प्रदान गरेर स्वागत जनाइएको छ। कार्यक्रमलाई सीबी भुजेलले सञ्चालन गरेका थिए। भागोप्रमो पार्टीमा सामेल भएपछि युवा मोर्चाको खरसाङ महकुमा समितिको सह सचिव युवराज प्रधानले आज हामी तीनधारे चियाबारीको जम्मा ६२ घर परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको बताउँदै हामी कुनै स्वार्थबिना नै पार्टीमा सामेल भएको कारण पार्टी अध्यक्ष अनित थापाको व्यवहारिक कार्य र विकासका कार्यहरू देखेर आएको बताएका छन्। उनले तीनधारे महानदी समष्टिमा नवराज छेत्री जस्तो असल र सामाजिक व्यक्तित्व भएको सभासद पाएको अनि युवा नेतृत्वहरू राजीव थापा, साजन दर्जी जस्ता लिडरहरू रहेको कारणले आफुहरू यस पार्टीमा सामेल भएको र भविष्यमा अझ धेरै कार्यकर्ताहरू पनि यस पार्टीमा सामेल हुने सम्भावना रहेको बताएका छन्। त्यसरी नै हाम्रो पार्टीको योगेन कार्कीले हाम्रो पार्टी महानदीको तिरसठ लाइनबाट आज २४ घर आएको र भविष्यमा अझ सामेल हुनेहरू छन् भनी बताएका छन्।

उनले युवा नेतृत्व एंव हाम्रै गाउँ ठाउँका नेतृत्व राजीव थापाको नेतृत्वलाई हेरेर आएको बताएका छन्। पार्टीमा सामेल भएको विषयमा बताएका छन्। आजको समर्थन कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले अाज तीनधारे महानदी समष्टिको महानदीको तिरसठ लाइनबाट हाम्रो पार्टीको २४ घर, तीनधारे चियाबारीबाट ६२ घर परिवारहरू अनि नरबुङबाट १२ घर अन्य पार्टीबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको बताएका छन्। उनले आफ्नो समष्टिको जनतालाई सबैलाई अावश्यकता अनुसार विभिन्न समस्याहरूको समाधान गर्दै जाने र सबैको लागि विस्तारै कार्य गर्दै जाने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement