काठमाडौं रोयल्सलाई हराउँदै मिथिला वारियर्स विजयी 

IMG-20250417-WA0246

राजविराज सप्तरी: जारी मधेश प्रिमियर लिग तेस्रो संस्करणको प्रतियोगिता बिहीबार मिथिला वारियर्स र काठमाडौं रोयल्सबीच खेल भएको थियो। काठमाडौं रोयल्सले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। मिथिला वारियर्सले ब्याटिङ गर्दै १५८ रन बनाएको थियो। सुमित महर्जनले ३० बलमा चार चौका र पाँच छक्काको मद्दतले ५३ रनको सर्वाधिक रन योगदान दिए। रवि शाहले ३० रन बनाएर अविजित रहे भने दीपेन्द्र सिंह ऐरीले २३ रन बनाएर अविजित रहे।
काठमाडौं रोयल्सका कप्तान अमित श्रेष्ठले तीन महत्वपूर्ण विकेट लिए। जवाफमा काठमाडौं रोयल्स ९ विकेट गुमाउँदै १४४ रनमा अलआउट भयो। अर्जुन साउदले सर्वाधिक ३३ रनको योगदान दिए। खेलमा विजेता मिथिला वारियर्सका कप्तान दीपेन्द्र सिंह ऐरीले चार महत्वपूर्ण विकेट लिए जसका लागि उनलाई पाहुना टोलीले म्यान अफ द म्याच नगद पुरस्कार प्रदान गरे। राजविराजको सार्वजनिक बिन्देश्वरी माध्यमिक विद्यालयको मैदानमा भएको खेलमा पुरस्कार वितरण समारोहमा मधेस प्रिमियर लिगका अध्यक्ष सञ्जीव नारायण यादव, उपाध्यक्ष तीर्थ नारायण दास, प्रतियोगिता निर्देशक पवन दास, मिथिला वारियर्सका प्रमुख सल्लाहकार भगवान झा, ई प्रशान्त झा, डा. प्रसन्न कुमार झा आदिको उपस्थिति थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement