दार्जीलिङ: बड्दो जामको समस्यालाई केन्द्र गरेर दार्जीलिङमा बिहीवार पर्चा वितरण गरियो। हिल ट्रान्सपोर्ट को-अर्डिनेसन कमिटीको तत्त्ववाधानमा वितरण गरिएको उक्त पर्चामा गाडी जाम सम्बन्धी समुच्छे पहाडवासीले भोग्दै आइरहेको विषयबारे जनसाधारणलाई अवगत गराउनु रहेको बताइएको छ।

यसबारे पत्रकारहरुलाई सम्बोधन गर्दै कमिटिका पदाधिकारीहरुले एकातिर पहाडका सत्तारुढ दललगायत जनप्रतिनिधिहरु यो विषयमा मौन रहेको गुनासो व्यक्त गरे भने पहाडको ट्राफिक व्यवस्थामा सुधार गरेर लान सबै पक्ष समक्ष अपील गरेका छन्।