मिरिक: मिरिक उच्चत्तर माध्यमिक विद्यालयमा आज दुईवटा स्मार्ट क्लासको उदघाटन गरिएको छ। यस अवसरमा मिरिक महकुमा शासक तेन्जी सिमकी ओगेन प्रमुख रूपमा उपस्थित थिए। उनीबाहेक विद्यालय सञ्चालन समितिका अध्यक्ष एवं सभासद मिलेश राई, सञ्चालन समितिका सचिव राजबहादुर राई, डा टाँशी लामा, विद्यालयका शिक्षक प्रभारी सुवास खाती लगायत अन्य शिक्षक शिक्षिकागण अनि विद्यार्थीवर्गको उपस्थिति रहेको थियो।

कार्यक्रमपछि सभासद एवं विद्यालय सञ्चालन समितिका अध्यक्ष मिलेश राईले मिरिकको गरिमामय विद्यालय मिरिक उच्चत्तर माध्यमिक विद्यालयमा स्मार्ट क्लास सञ्चालन भएकोमा सम्पूर्ण विद्यालय परिवार अनि विद्यार्थीवर्गलाई बधाई दिए। उनले विद्यालयमा स्मार्ट क्लास सञ्चालनमा आएपछि पठन पाठनको गुणस्तर अझ बडेर जाने बताएका छन्।