खरसाङ: तीनधारे महानदी समष्टि अन्तर्गत जंगपाना चियाबारीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र नारी शक्तिको शाखा कमिटी गठन गरिएको छ। जंगपाना चियाबारीको तल्लो जंगपानामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा सम्पन्न भएको छ। उक्त सागर गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभामा नै भागोप्रमो तल्लो जंगपाना शाखाको कमिटी गठन गरिएको छ। उक्त शाखा कमिटीमा सभापति हेमकुमार गुरुङ, उप सभापति प्रेम गुरुङ, सचिव रुस्तम गुरुङ, सह सचिव अविनाश गुरुङ, कोषाध्यक्ष केशव छेत्री र अमर गुरुङ, सल्लाहकार दिनेश राई, सन्तोष गुरुङ र देवराज तामाङ लगायत 9 जना कार्यकारी सदस्यहरु पनि चयन गरिएको छ। त्यसरी नै तल्लो जंगपाना चियाबारीमा नारी शक्तिको शाखा कमिटी गठन गर्नलाई पञ्चायत सदस्या रञ्जना छेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभामा नारी शक्ति तल्लो जंगपाना शाखाको लागि कमिटी गठन गरिएको छ। नारी शक्तिको उक्त शाखा कमिटीमा सभापति अञ्जिता छेत्री, उप सभापति रबिना गुरुङ, सचिव उमा गुरुङ, सह सचिव प्रेमिका गुरुङ र गिता तामाङ, कोषाध्यक्षा ममता गुरुङ सल्काहकारमा पवित्र थापा, मिलन तामाङ, सन्ध्या थापा लगायत ७ जनाको कार्यकारी सदस्याहरु पनि चयन गरिएको जानकारी जंगपाना चियाबारीबाट सागर गुरुङले विज्ञप्ति जारी गरी बताएका छन्।