पैह्रोले रोड बन्द भएपछि कटलेरी क्षेत्रका‌ स्थानीयहरु समस्या समाधानको ‌लागि गुहार लगाउँदै खरसाङ नगरपालिकामा

IMG-20250417-WA0242

खरसाङ: केही दिन अघि परेको पानीले खरसाङको वार्ड नम्बर ३ कटलेरी क्षेत्रमा पैह्रो गएर एउटा पुल पनि धस्केकोले अहिले रोड बन्द भएर स्थानीयहरुलाई धेरै असुविधा भईरहेको छ‌। उक्त असुविधालाई ध्यानमा राखेर खरसाङको वार्ड नम्बर ३ कटलेरी क्षेत्रका‌ स्थानीयहरु खरसाङ नगरपालिकामा समस्या समाधानको लागि गुहार लगाउँदै आएका थिए‌।‌ आज नगराध्यक्ष ब्रिगेन गुरूङ कार्यालयमा अनुपस्थित रहेकोले उपाध्यक्ष सुवास प्रधान, एफओ याङ्जी शेर्पा साथै छोटा बाबु रवि प्रधानको उपस्थितिमा झट्टै बाटोको देवल निर्माण गरिदिने आह्वान् कटलेरीवासीले गरेका छन्। वार्डवासीहरूले उक्त पैह्रो गएको क्षेत्र र पुल झट्टै मरमत्ति गरिदिएर स्थानीयहरुको समस्या समाधान गरिदिने निवेदन गरिएको छ‌। गत १५ अप्रेलको दिन परेको पानीले गर्दा कटलेरी क्षेत्रमा पैह्रो जानुको साथै पुल पनि धस्किएकोले अहिले रोड नै बन्द भएको कारणले स्थानीयहरु, विद्यार्थीहरु लगायत पर्यटकहरुलाई धेरै असुविधा भईरहेको स्थानीयहरुले‌ नगरपालिका समक्ष राखेका थिए। यो रोड बन्द भएको कारणले स्थानीयहरु साथै बिमारी भएको अवस्थामा आपतकालीन रुपमा अस्पताल पुराउन निक्कै असुविधा भईरहेको पनि अवगत गराइएको छ। स्थानीयहरुको उक्त समस्याहरु सुनेर खरसाङ नगरपालिकाकोे पक्षमा भाइस चेयरम्यान सुवास प्रधानले यस पैह्रो क्षेत्र र पुल झट्टै मरमत्तिको लागि पहल गरिएको आश्वासन दिएको जानकारी स्थानीयहरुको पक्षमा गुरूमा दरती राईले गराएकी छन्। उनले बताए अनुसार खरसाड नगरपालिका अन्तर्गत वार्ड नम्बर ३ कटलेरीको गाडी कुद्ने बाटो धस्किएर दुईवटा घरलाई क्षति हुने अवस्थालाई मध्यनजर राखी साथै उक्त बाटो एनएच ११० सँग जोडिएकोले खरसाङ शहरमा जाम भएको समय कटलेरी रोड भएर पर्यटकहरूको गाडी देवी स्थान मन्दिर हुँदै हनुमान टक भएर रोहेणी रोड निस्केर सिलगढी जाने गर्छ भने उक्त बाटो बन्द हुँदा वार्ड नम्बर ३ ४ र १ लगायत चिमनी देवराली एवं विद्यार्थी नानीहरूले धेरै समस्या झेल्न परिरहेको हुनाले उक्त बाटो देवल झट्टै नगरपालिकामार्फत बनाईदिने कारण हामी नगरवासी हौं। नगरवासीहरू सुरक्षालाई मध्यनजर राख्नुपर्छ भन्दै नगराध्यक्षलाई भेटन आज वार्ड नम्बर ३ र ४ साथै वरिपरिका नगरवासीहरू आएर अनुरोध पत्र दिइएको हो। उनले यो पैह्रोले रोड बन्द भएपछि स्थानीयहरु हिँड्न नसकेको र विद्यार्थीहरु पनि हिँड्न नसकेको साथै बिमारीहरु भएको खण्डमा आपत्ति आई पर्ने बताइन्। उनले यो स्थानीयहरुको समस्या समाधान नभए हामीले अर्कै बाटो अप्नाउनु पर्ने भनी प्रश्न गरेकी छन्।‌ उनले भनिन् -‘हामीले झट्टै बाटोको देवल निर्माण गरिदिने आह्वान् गरेका‌ छौं। नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले हामीलाई यो पैह्रोग्रस्त क्षेत्र र पुल मरमत्तिको लागि रकम छुट्याई दिने र झट्टै मरमत्तिको लागि आश्वासन दिएका‌ छन्‌।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement