अभिषेक नायक फील्डिंग प्रशिक्षक पदबाट बर्खास्त, टी दिलीप र सोहम देसाई पनि बाहिर

IMG-20250417-WA0234

नयाँ दिल्ली: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले बोर्डर-गावस्कर ट्रफी २०२४-२५-मा टीमको खराब प्रदर्शन र ड्रेसिंग रूमको कुराकानी कथित रूपमा लीक भएपछि भारतका सहायक प्रशिक्षक अभिषेक नायरलाई बर्खास्त गर्ने फसेला लियो। यसरी फील्डिंग प्रशिक्षक टी दिलीपको साथमा स्ट्रेन्थ एण्ड कण्डीशनिंग प्रशिक्षक सोहम देसाईलाई पनि पदबाट हटाइएको छ कारण राष्ट्रिय टीमसँग उनीहरूको ३ सालको अनुबन्ध समाप्त भएको छ। भारतले बोर्डर-गावस्कर ट्रफी २०२४-२५-मा अष्ट्रेलियाविरुद्ध १-३-ले हारपछि वर्ल्ड टेस्ट च्याम्पियनशीप फाइनलको निम्ति क्वालीफाई गर्ने मौका गुमाएको थियो। रिपोर्ट अनुसार मेलबर्नमा चौथो टेस्ट म्याच पूरा भएपछि टीम इण्डियाका मुख्य प्रशिक्षक गौतम गम्भीर खेलाड़ीहरूका प्रदर्शनसँग खुशी थिएनन् अनि उनले खेलाड़ीहरूलाई यो कुरा भनेका थिए। सिडनी टेस्ट म्याच शुरु हुन अघि प्रेस कन्फ्रेन्समा बोल्दै गम्भीरले ड्रेसिंग रूमभित्रको कुरा बाहिर जानु नहुने बताएका थिए। त्यस समय गम्भीरले भनेका थिए, टीमको निम्ति महान कुराहरू हासिल गर्न ईमानदार रहनु जरूरी हुन्छ। यो सब रिपोर्ट्स हो अनि यसमा कुनै सत्यता छैन। यसबाहेक ईमानदारीपूर्वक भन्नु पर्दा मलाई कुनै पनि रिपोर्टको जवाफ दिनु जरूरी रहेको जस्तो लाग्दैन। म केवल यति भन्न चाहन्छु।
बीसीसीआई सूत्रबाट थाहालागे अनुसार, अभिषेक नायर र अन्य एक सहायक प्रशिक्षक रेयान टेन डोएशेट २०२५-को शुरुवातमा जाँचको परिधिमा थिए कारण बीसीसीआई टीम प्रबन्धनमा स्पष्ट कलकत्ता नाइट राइडर्स टच-सँग खुशी थिएन। पूर्व भारतीय अलराउण्डर अभिषेक नायर र नीदरल्याण्डका पूर्व क्रिकेटर रेयान टेन डोएशेटलाई ८ महिना अघि सीमित ओभरहरूका प्रारूपको श्रीलंका यात्राको अवधि सहायक प्रशिक्षकको रूपमा टीम इण्डियाका सहयोगी स्टाफहरूमा सामेल गरिएको थियो। नायर र डोएशेट केकेआर-मा पनि सहायक प्रशिक्षक थिए अऩि गम्भीरसँग मिलेर काम गरिसकेका थिए। यी तीनजनाको मार्गदर्शनमै गत वर्ष केकेआर-ले फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गरी आईपीएल खिताब जितेको थियो। यसअघि बीसीसीआई-ले एउटा नोटिस जारी गरेर राष्ट्रिय टीमको सहयोगी स्टाफले टीमसँग ३ सालको कार्यकाल पूरा गरे उनीहरूलाई सेवाहरूबाट हटाइने जानकारी दिएको थियो। यसैकारण टी दिलीप र सोहम देसाईलाई उनीहरूका कर्तव्यहरूबाट मुक्त गरिएको छ। टी दिलीप त्यस भारतीय टीमको हिस्सा थिए जसले २०२४-मा आईसीसी टी२० वर्ल्ड कप र यस साल आईसीसी च्याम्पियन्स ट्रफी जितेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement