पेस बलर सन्दीपको समर्थनमा आवाज उठाए नितीश राणाले

IMG-20250417-WA0188

नयाँ दिल्ली: राजस्थान रोयल्सका ब्याटर नितीश राणाले दिल्ली क्यापिटल्सविरुद्ध आईपीएल २०२५-को म्याचको सुपर ओभरमा जोफ्रा आर्चरको स्थानमा सन्दीप शर्मालाई बलिंग सुम्पिने फसेलाको समर्थन गरेका छन्। यसको साथमा उनले दिल्ली क्यापिटल्सलाई यादगार जीत दिलाउने श्रेय पेस बलर मिचेल स्टार्कलाई दिए। न्यूजील्याण्डविरुद्ध आईसीसी वर्ल्ड कपको फाइनलमा सुपर ओभर गरिसकेका आर्चरले बुधवार पनि प्रभावशाली बलिंग गरेका थिए तर टीमले सुपर ओभरको जिम्मेवारी सन्दीप शर्मालाई सुम्पियो। नितीशले सुपर ओभरमा सन्दीपलाई बल सुम्पिने अनि उनलाई ब्याटिंग गर्न नपठाउने फसेलाको समर्थन गरेका छन्। रोयल्सको निम्ति २८ बलमा ६ वटा चौका र २ वटा छक्काको साथ ५१ रन बनाउने नितीशले भने, कसैलाई ब्याटिंग या बलिंगको निम्ति पठाउने कुनै एकजना व्यक्ति विशेषको फसेला हुँदैन। कप्तान र सीनियर खेलाड़ीहरूका साथमा टीम म्यानेजमेण्ट र सहयोगी स्टाफहरूले पनि यसमाथि चर्चा गर्छन्। त्यसपछि मात्र अन्तिम फसेला हुन्छ। मेरो विचारमा नतीजा हाम्रो पक्षमा रहेको भए यस विषयमा यति धेर कुरा नै हुने थिएन।
उनले भने, सेण्डी (सन्दीप)-ले हामीलाई जीत दिलाएको भए कसैले प्रश्न गर्ने थिएनन्। मेरो विचारमा त्यस स्थितिमा सेण्डी नै हाम्रो निम्ति सबैभन्दा उपयुक्त बलर थिए। यसरी हाम्रा ब्याटरहरूले जीत दिलाएको भए को ब्याटिंग गर्न ओर्लिएका थिए भन्ने विषयमा चर्चा नै हुने थिएन। शिमरोन हाम्रो फिनिशर हुन् अनि उनले हामीलाई म्याच जिताइसकेका छन्। हामीले पहिला ब्याटिंगमा नै कम्ती रन बनाएका थियौं। स्कोर १५ रन अधिक भएको भए कुरा अलग हुने थियो। यस पीचमा ब्याटिंग सजिलो थिएन कारण बल रोकिएर आइरहेको थियो। यसबाहेक स्टार्कले असाधारण बलिंग गरे। यस जीतको पूरा श्रेय उनलाई जान्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement