११ सेप्टेम्बरः नव जागरण संघ, सिंगबुलीको तत्त्वावधानमा नव जागरण च्यालेञ्ज ट्रफी ओपन फूटबल टुर्नामेण्ट आइतवारदेखि शुरु भयो। सिंगबुली खेल मैदानमा आज भएको उद्घाटन म्याचमा पंखाबारी एफसी-ले मरमाह एफसी-लाई टाईब्रेकरमा ४-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। सोमवार दुईवटा म्याच खेलिनेछ। पहिलो म्याचमा पीसी सिंगबुली र यूएफसी बुङकुलुंगबीच भिड़न्त हुनेछ। यसरी नै दोस्रो म्याच महेन्द्र गाउँ एफसी र मिलिकथुंग एफसी-बीच खेलिनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा ४६ वटा टीमले हिस्सा लिएको छ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।