मुख्यमन्त्री कम्पाउण्ड आर्चेरी स्वर्ण कप: गेजिङ युनाइटेड विजयी

n6605628291744827026724b8466ece13b8f6d04da00d2e37f36fc7c7fa2baca91dd49d005342695c143771

पाकिम: २३औं मुख्यमन्त्री कम्पाउण्ड आर्चेरी स्वर्ण कप प्रतियोगिता बुधवार सातौं दिनमा प्रवेश गरेको छ। आज पीडीएए पाकिम र गेजिङ युनाइटेडबीच एकतर्फी प्रतिस्पर्धा भयो, जसमा गेजिङ युनाइटेडले प्रतिद्वन्दी दललाई 87-05 ले पराजित गऱ्यो।
विजेता दलका टाशी वाङचुक ड्रुक्पालाई म्यान अफ् द म्याच चयन गरियो।
आज विधायक एवं शहरी विकास विभाग तथा खाद्य एवं नागरिक आपूर्ति विभागका सल्लाहकार दिले नामग्याल बर्फुङपा मुख्य अतिथि र खादी बोर्डकी पूर्व अध्यक्ष छुङछुङ भोटिया विशिष्ट अतिथि थिए।
उल्लेख्य, उक्त प्रतियोगिता पाकिमको कार्थोस्थित आर्चेरी फिल्डमा आयोजना भइरहेको छ। यस प्रतियोगिताको आयोजन पाकिम जिल्ला प्रशासन र पाकिम जिल्ला आर्चेरी एसोसिएशनले संयुक्त रूपमा गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement