गान्तोक: डिस्कभर राबोङ छो-जो पर्व २०२५ को अवसरमा आयोजित प्रथम मुख्यमन्त्री गोल्ड कप खुल्ला भलिवल प्रतियोगिताको आज फाइनल खेल सम्पन्न भयो। यस प्रतियोगितालाई दुई भागमा विभाजन गरिएको थियो,जसमा अन्तराज्य भलिवल प्रतियोगिता र खुल्ला भलिबल प्रतियोगिता रहेको थियो।
अन्तराज्य भलिबल प्रतियोगिताको फाइनल खेल दरामदिन बनाम सिक्किम आर्म पुलिसबीच सम्पन्न भएको थियो जसमा प्रतियोगितामा सिक्किम आर्म पुलिसले निरन्तर तीन सेट जितेर बिजयी बन्यो। विजेता दललाई नगद दस लाख र उपविजयी दललाई पाँच लाख रूपियाँसहित आकर्षक पुरस्कार प्रदान गरियो।
यसरी नै अन्तराष्ट्रीयस्तरी भलिबल प्रतियोगिताको फाइनल खेल ३२ सङ्ग बनाम बर्फुङबीच सम्पन्न भयो जसमा बर्फुङ बिजयी बन्यो। विजयी दललाई नगद २९ लाख र उपविजेता दललाई १० लाख सहित आकर्षक ट्रफी प्रदान गरियो।