मनसुन पूर्वको तयारीलाई लिएर जीएमसी र गान्तोक जिल्ला प्रशासन सक्रिय

IMG-20250416-WA0231

गान्तोक: गान्तोक जिल्लामा मनसुन पूर्वको तयारीलाई लिएर कसरत शुरु भएको छ। यसअन्तर्गत बैठक आज गान्तोक नगर निगमको राज्य पञ्चायत स्रोत केन्द्रमा एक उच्चस्तरीय बैठक बस्यो। बैठकमा, गान्तोक नगर निगम आयुक्तले ठोस फोहोर व्यवस्थापनमाथि पावरपोइन्ट प्रस्तुतीकरण दिए। जसमा ठोस फोहोर संकलन, यसमाथि नगर निगमको पदक्षेप, फोहोरको स्थिति, फोहोर प्रशोधन तकनिकी प्रबन्धन जस्ता प्रमुख विषयहरू समेटेका थिए। उनले प्रस्तुत गरेको कार्य योजनामा स्वच्छ गान्तोक एपबारे पनि सामेल गरिएको थियो। यसअन्तर्गत नागरिकलाई फोहोर व्यवस्थापन सेवाहरूको लागि अनलाइन दर्ता गर्न सुविधामाथि जानकारी पनि गराएको थियो। एसटीएनएम अस्पतालका डा. चिन्तामणि शर्माले फोहोर व्यवस्थापनको प्रभावी पहलमाथि वार्ता पेश गरेका थिए। यसबीच जिल्ला आपदा प्रबन्धन अधिकारी सोनाम वाङ्ग्याल लेप्चाले आपदा प्रबन्धनमाथि सरकारका विभिन्न विभागहरूको भूमिका र जिम्मेवारीहरूबारे जानकारी गराए। बैठकमा जिल्ला पञ्चायत अध्यक्ष बलराम अधिकारीले निर्वाचित प्रतिनिधिहरू र विभिन्न विभागका अधिकारीहरूबीच अन्तरक्रियात्मक सत्र जरूरी रहेको बताए। उनले जिम्मेवार नागरिकको रूपमा प्रत्येकले आपदा प्रबन्धन प्राधिकरण र सरकारका विभागहरूमा समन्वय जरूरी बन्ने आशय प्रकट गरे। अध्यक्षले सबै विभाग र एजेन्सीहरूलाई आपदा अघि तयारी सुनिश्चित गर्न तयारी रहने आग्रह पनि गरे। यसरी नै उनले झोड़ाहरूको सफाइमा ध्यान राख्नुपर्ने कुरामा जोड़ दिए। उऩले ग्राम विकास अधिकारीहरूलाई सार्वजनिक कार्यहरूमा निर्वाचित प्रतिनिधिहरूलाई संलग्न गर्न सल्लाह दिँदै आपदामा प्रभावकारी नीति कार्यान्वयन र रेस्पोन्सको लागि अन्तरविभागीय समन्वयको महत्त्वमा थप जोड दिए। जिल्लापाल तुषार निखारेले आपदा प्रबन्धनको समीक्षा गर्न विभागीय प्रतिनिधिहरूसँग अन्तरक्रिया सत्र महत्वपूर्ण रहने उल्लेख गर्दै यस्तो स्थितिमा विभागहरूबीचको समन्वय संयन्त्रलाई सक्रियता दिनुपर्ने बताए। उनले सबै विद्यालयहरूमा शौचालय र बग्ने पानीको सुविधा उपलब्ध गराउन महकुमा अधिकारी र ग्राम विकास अधिकाहरुलाई आग्रह गरे। उनले राहत केन्द्रहरूको मरम्मतिमाथि पनि ध्यानाकर्षण गराए। विद्युत परियोजनाका सरोकारवालाहरूलाई जिम्मेवारी लिन प्रोत्साहित गरे। जिल्लापालले स्वच्छतामाथि प्रभावी पहलको महत्वबारे बोल्दै सामुहिक जिम्मेवारीमाथि जोड़ दिए।
यसबाहेक जिल्लापालले सरकारका विभिन्न विभागद्वारा आपदास्थितिको समय नाली सुरक्षा, सुरक्षा वाल, ड्रेन व्यवस्थामाथि पनि बताए। यसरी नै उनले जिल्लापाल कार्यालायका अधिकारीहरुलाई २८ अप्रेलमा खाम्दोङमा मोकड्रिल अभ्यास गर्ने निर्देश पनि दिए।
बैठकमा गान्तोक नगर निगमका मेयर निलबहादुर छेत्री, जिल्ला पञ्चायत अध्यक्ष बलराम अधिकारी, पार्षदहरु अनि विभिन्न विभागीय अधिकारीहरुको बाक्लो उपस्थिति थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement