जनता धेरै असुविधामा
सोनादा: सोनादा बजारदेखि केही तल अवस्थित नयाँ कमान सिमानाटारको गाउँमा अहिलेसम्म सड़क बनिन सकेको छैन। यहाँ लगभग ६० भन्दा अधिक घर परिवारहरू बसोबासो गर्छन् भने ४०० सय भन्दा अधिक मतदाताहरू छन्। तर गाउँलेको समस्या भने कहिले पनि पूरा हुन सकेको छैन। २०१७ तिर खनेर राखेको सड़क अहिले पनि गाड़ी कुद्न सक्ने बनिएको छैन। सड़क नबनिएपछि बिमारीहरू स्टेचरमा लानु पर्ने बाध्यता छ। बुजुर्गहरू पनि हिलो माटोमा हिँड़न पर्ने बाध्यता छ। वर्षाको समय त झन बाटोभरि खोला बग्ने गर्दछ। स्थानीय निवासी सुदेश गुरूङ अनि सरोजा गुरूङले बताए अनुसार यस गाउँ विशेषरूपले ठूलो गाडीको कुरा त छाडौं साधारण सानो गाडी गुड्ने सडकको समेत ब्यवस्था छैन। नालीचाउर सिमलटारबाट सोनादा बजार जानको निम्ति पनि डेड दुई घण्टा पैदल हिड्नपर्छ। साधारण गाउँले त हिँडेर ओहोरदोहोर गर्न बाध्य भए पनि स्थानीय बालबालिकाहरू दैनिक सोनादामास्थित पाठशाला वा विद्यालयहरूमा शिक्षा ग्रहण गर्न जान्छन् जो गाडी र सडकको अभावमा दैनिक हिडेर जानुपर्ने बाध्यता छ। यसैले यस गाउँबाट एउटा जिपसम्म कुद्ने सडक बनाइनु अति आवश्यक छ भनी बताएका छन्। उनीहरू अनुसार यस गाउँको निम्ति सडक निर्माणको निम्ति सम्बन्धित निकाय र विभागीय अधिकारीसम्म लिखित एवं मौखिक जानकारी गराइसकेको भए पनि आजसम्म पहल नभएको गुनासो पोखेका छन्। नालीचाउर सिमानाटार केवल भोट ब्यांक मात्र भएर बसेको थियो तर अब भोट ब्यांक मात्र होइन क्षेत्रको विकासको निम्ति उचित कदम उठाउने पनि जानकारी गराएका छन्।

यस विषयमा नयाँ कमान सिमानाटारको स्थानीय सुनिल शर्माले पत्रकारहरूसित कुराकानी गर्दै सिमानाटार, नयाँ कमानको बाटो दयनीय अवस्थामा पुगेको छ। गाउँका बुजुर्गहरू, विद्यार्थीहरू यो बाटो भएर हिँड्न पर्छ तर बाटोको दयनीय अवस्थाको कारणले स्थानीयहरूलाई धेरै असुविधा भईरहेको छ भनी बताएका छन्। उनले भने, हामीले यो बाटो विषयमा सरकार र सम्बन्धित विभागहरूलाई धेरैपल्ट जानकारी गराए पनि सरकार र सम्बन्धित विभागले यो बाटोलाई अनदेखा गरिरहेको छ। सुनिल शर्माले अघि भने, २०१७ तिर यो बाटो खनेर त्यसै छोड़ेको थियो अनि गाउँवासीले मिलेर श्रमदान गरी बाटोमा ढुंगा छाप्ने कार्य गरेको छ। गाउँलेहरूले यथाशक्ति अर्थ संकलन गरेर गत वर्ष तीन लाख बराबरको ढुंगा किनेर सोलिङ लगाउने कार्य गरेको छ। हामी गाउँलेहरू हरेक राजनैतिक पार्टीको कार्यक्रमतिर सहभागी बनिरहेका नै छौं, तर हामीले य बाटो निर्माण कार्य लागि उचित न्याय पाएका छैनौं। हामी यो बाटो विषयमा कुनै पनि राजनैतिक दललाई दोष दिन्दैनौं तर हामी गाउँलेहरूको पक्षबाट सरकार र सम्बन्धित विभागहरूलाई यो बाटो झट्टै बनाई दिने निवेदन गर्दछौं।