ओलम्पिक २०२८ मा क्रिकेट म्याचहरू पोमोना शहरमा फेयरग्राउण्डमा खेलिने

IMG-20250410-WA0186

दुबई: क्रिकेट खेल १२८ सालको लामो प्रतीक्षापछि २०२८ लस एञ्जिलिस ओलम्पिकमा फर्किनेछ। यसै सन्दर्भमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) – ले लस एञ्जिलिस ओलम्पिकको अवधि क्रिकेट म्याचहरू खेलिने स्थलको घोषणा गरेको छ। आईसीसीले दक्षिण क्यालिफोर्नियाको पोमोना शहरमा ओलम्पिक खेलहरूको अवधि क्रिकेट प्रतियोगिता आयोजन गरिने घोषणा गऱ्यो। क्रिकेट प्रतियोगितामा पुरुष र महिला वर्गमा ६-६ वटा टीमले हिस्सा लिनेछ। म्याचहरूको आयोजन पोमोनाको फेयरग्राउण्डमा हुनेछ। यो शहर ओलम्पिक खेलहरूको मुख्य शहर लस एञ्जिलिसदेखि ४८ किलोमीटरको दूरीमा रहेको छ। यसअघि १० अप्रेलमा लस एञ्जिलिस ओलम्पिकका आयोजकहरूले टीमहरूलाईs लिएर घोषणा गरेको थियो। महिला र पुरुष दुवै श्रेणीमा ६-६ वटा टीमले हिस्सा लिनेछ । म्याचहरू टी२० प्रारूपमा खेलिनेछ। क्रिकेट यसअघि अन्तिमपल्ट १९००-मा पेरिस ओलम्पिकको हिस्सा थियो। त्यस समय ग्रेट ब्रिटेन र फ्रान्सबीच दुईदिने म्याच खेलिएको थियो। अब लस एञ्जिलिस ओलम्पिकमा चाहिँ पुरुष र महिला प्रत्येक वर्गमा ६-६ वटा टीमले हिस्सा लिनेछ। आयोजकहरूले एउटा टीममा अधिकतम खेलाड़ीहरूका संख्या (प्रत्येक टीममा १५ जना खेलाड़ी) पनि निर्धारित गरेका छन्। क्रिकेट ती ५ वटा नयाँ खेलहरूमा सामेल छ, जसलाई लस एञ्जिलिस ओलम्पिकमा स्थान दिइएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी)-ले २०२३-मा क्रिकेटको साथमा बेसबल/सफ्टबल, फ्ल्याग फूटबल, लेक्रस र स्क्वाशलाई लस एञ्जिलिस ओलम्पिक खेलहरूको सूचीमा सामेल गरेको थियो। यी खेलहरूमा पेरिस ओलम्पिक २०२४-को तुलनामा २२ वटा अधिक पदक स्पर्धाहरू रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement