न्यूयर्क: संयुक्त राष्ट्रमा भारतकी स्थायी प्रतिनिधि रूचिया कंबोजले आतङ्कवादसॅंग लड्न अन्तर्राष्ट्रिय स्तरमा एउटा कानूनी ढॉंचा विकसित गर्नुपर्ने आवश्यकतामाथि बल दिएकी छिन्। कंबोजले आतङ्कवाद पीड़ितहरूलाई बढ़ावा दिने काममा संयुक्त राष्ट्रका प्रयासहरूको समर्थन गर्न भारत सबैभन्दा अगाडि रहेको बताइन्। आतङ्कवादका पीड़ितहरूको पहिलो संयुक्त राष्ट्र ग्लोबल कांग्रेसलाई सम्बोधित गर्दै कंबोजले भनिन्, ‘भारत तीन दशकभन्दा धेर समयदेखि राज्य प्रायोजित सीमापार आतङ्कवादको शिकार बनेको छ। आतङ्कवादका कारण मानवीय क्षति, पीडित र उनीहरूका परिवारमा यसको स्थायी प्रभाव राम्ररी थाहा छ। हामी आतङ्कवादबाट पीडितहरूको देखभार गर्न र उनीहरूका गरिमाको रक्षा गर्न आफ्नो पूर्ण प्रयास गर्न हामी प्रतिबद्ध छौl’
उनले भनिन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले बारम्बार आतङ्कवाद मानवताका लागि खतरा रहेको कुरामाथि बल दिएका छन्। हामी यससॅंग सदैव सहमत छौ। वास्तवमा, आतङ्कवाद ती मूल्यहरू ‘जीवनको अधिकार’ माथि हमला हो जसले अन्तर्राष्ट्रिय समुदायलाई परिभाषित गर्दछ र मानवीय अधिकारहरूलाई गम्भीर रूपले प्रभावित गर्दछl’ भारतकी स्थायी प्रतिनिधिले आतङ्कवाद पीडितहरूको पहिलो कांग्रेसको आयोजनका लागि संयुक्त राष्ट्र कार्यालय र आतङ्कवाद पीडितहरूका मित्रहरूको समूलाई बधाई दिइन्।