नेपाली भाषामा प्रयोगलाई लिएर अनित थापाको आह्वानलाई केन्द्र गरेर युवा शक्तिले बोलायो बैठक

IMG-20250416-WA0179

दार्जीलिङ: मातृ भाषामा सूचना बोर्ड लेखिनु पर्ने जीटीए प्रमुख अनित थापाको आह्वानलाई केन्द्र गरेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन युवा शक्तिले समष्टि स्तरीय साङ्गठनिक बैठक बोलाएको छ। पार्टीको अध्यक्ष तथा जीटीए प्रमुख कार्यपाल अनित थापाले गरेका अपीललाई कार्य रुपमा अघि बढाएर लैजान दार्जिलिङको गोर्खा रङ्गमञ्च भवनमा हुने उक्त बैठकपछि भागोप्रमो युवा शक्तिले खरसाङ, मिरिक अनि कालेबुङमा यस्तो सभाहरु आयोजना गर्ने बताइएको छ। गत १४ अप्रेल गोर्खा नव वर्ष महोत्सवलाई बिजनबारीमा सम्बोधन गर्दै अनित थापाले जातिको अस्तित्व बचाउन सबै सूचना बोर्ड‌ अनि होर्डिङहरु गोर्खा भाषामा लेखिनु पर्ने आह्वान गरेका थिए। यस अघि भाषा मान्यता दिवस कार्यक्रमबाट अनित थापाले उक्त आशयको अपिल गरेपछि दार्जीलिङ नगरपालिका क्षेत्रका सूचना पटहरु क्षेत्रीय भाषामा लेखिन शुरु गरिएको छ।

About Author

Advertisement