देउराली संघ नक्आउट फूटबलः सिमलबारी टी स्टेट सजिलै विजयी

photocollage_2022911185747397.jpg

११ सेप्टेम्बरः देउराली संघ रंगमोहन (च्यांगा, पानीघट्टा)-को तत्त्वावधानमा आयोजित देउराली संघ नक्आउट फूटबल टुर्नामेण्ट (काईंली तामाङको स्मृतिमा)- मा आइतवार सिमलबारी टी स्टेटले सजिलै जीत हासिल गऱ्यो। रंगमोहन हाई स्कूल मैदानमा आज खेलिएको म्याचमा सिमलबारी टी स्टेटले जीकेएफसी, जाबरा मोड़लाई ४-०-ले पराजित गऱ्यो। म्याचमा विजेता टीमबाट अभिषेक शर्माले ह्याट्रिक गरे। यसरी नै निशान लाकराले १ गोल गरे जबकि एक गोल आत्मघाती रह्यो। अब सोमवार खेलिने म्याचमा सिमलबारी स्पोर्टिंग क्लब र सेभेन फाइटर्स पानीघट्टाबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २८ र २९ सेप्टेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अध्यक्ष रजत तामाङले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement