सोनादा: सोनादा उच्चत्तर माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहको अवसरमा वर्षभरि नै विभिन्न कार्यक्रमहरु आयोजना गरिने भएको छ। यसै क्रममा स्वर्ण जयन्तीको एक कार्यक्रम अन्तर्गत आगामी २७ अप्रेलको दिन म्याराथनको आयोजना गरिने जानकारी प्राप्त भएको छ। उक्त म्याराथनको लागि फारम भर्ने अन्तिम दिन १५ अप्रेल तोकिएको भए पनि कतिपय कारणले यसलाई आगामी १८ अप्रेलसम्म गरिएको छ। यसको साथै उक्त म्याराथनको स्थान पनि परिवर्तन गरिएको छ। यस म्याराथनको शुरुवात स्थान सोनादाको पेट्रोल पम्पस्थित माई हिल्स होम नजिक राखिएको जानकारी गराइएको छ। उक्त म्याराथनमा भाग लिन चाहानेहरुले सोनादाको रमेश बन्धु प्रकाशनबाट फारम लान सक्ने बताइएको छ। उक्त म्याराथन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सोनादा उच्चत्तर माध्यमिक विद्यालयकी शिक्षिका प्रभारी कुमुद सुन्दासले विस्तृत रुपमा जानकारी गराएकी छन्। उनले सोनादा उच्चत्तर माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहको एक अंशको रुपमा आगामी २७ अप्रेलको दिन म्याराथन आयोजना गरिएको जानकारी गराएकी छन्। उनले उक्त म्याराथनको लागि फारम भर्ने अन्तिम मिति १५ अप्रेलबाट बढाएर १८ अप्रेल बनाएको बताउँदै सबैलाई उक्त म्याराथनमा सहभागिताको लागि आह्वान् गरेकी छन्।