गिताङ्गे चियाबारीमा‌ श्रमिकहरुलाई छाता र पोलिथिन वितरण

IMG-20250416-WA0173

खरसाङ: तीनधारे महानदी समष्टि अन्तर्गत गिताङ्गे चियाबारीमा‌ श्रमिकहरुलाई छाता र पोलिथिन वितरण गरिएको छ।‌ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा गिताङ्गे बुथ कमिटी र हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन गिताङ्गे चियाबारी युनिटको आयोजनामा गत वर्षहरुमा जस्तै यसपाली पनि गिताङ्गे चियाबारीको श्रमिकहरुलाई छाता र पोलिथिन वितरण गरिएको छ। यस अवसरमा यसपाली यहाँको जम्मा ३० जना श्रमिकहरुलाई छाता र पोलिथिन वितरण गरिएको जानकारी प्राप्त भएको छ। यसको साथै गिताङ्गे चियाबारीमा‌ निर्माण गरिएको शौचालयको चाबी पनि स्थायीन चिया श्रमिकहरु, स्थानीयहरु र पर्यटकहरुका प्रयोगका लागि बगानको मुन्सी बाऊ र गिताङ्गे बुथ कमिटीको सभापतिलाई‌ पञ्चायत सदस्याको बाहुलीबाट हस्तान्तरण गरिएको छ। यस अवसरमा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, पञ्चायत सदस्या जुना छेत्री, गिताङ्गे बुथ कमिटी र युनिट कमिटीको प्रतिनिधिहरु उपस्थित रहेका थिए। यस छाता र पोलिथिन वितरण कार्य विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापाले गिताङ्गे चियाबारीमा‌ यसपाली पनि श्रमिकहरुका लागि छाता र पोलिथिन वितरण गरिएको जानकारी गराउँदै यसपाली गिताङ्गे चियाबारीको ३० जना श्रमिकहरुलाई छाता र पोलिथिन वितरण गरिएको बताएका छन्। उनले यस कार्यको लागि गिताङ्गे बुथ कमिटी र युनिट कमिटीप्रति तीनधारे महानदी समष्टिको तर्फबाट आभार प्रकट गरेका छन्। यसको उनले गिताङ्गे चियाबारीमा‌ निर्माण गरिएको शौचालयको चाबी पञ्चायत सदस्याको बाहुलीबाट प्रयोगको लागि हस्तान्तरण गरिएको बताएका छन्‌। उनले यो शौचालय अब चिया श्रमिकहरु, स्थानीयहरु र यहाँ आउने पर्यटकहरुले प्रयोग गर्न सक्ने र एउटा चाबी स्थानीय एकजनाको हातमा पनि रहने बताएका छन्‌। थापाले गिताङ्गे चियाबारीको श्रमिकहरुको पक्षमा सदैव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खडा रहने पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement