रोहित, वाडेकर र पवारको नाममा स्टेडियममा स्ट्याण्डको नामकरण

IMG-20250416-WA0140

मुम्बई: मुम्बई क्रिकेट संघ (एमसीए)-ले यहाँ वानखेड़े स्टेडियममा वर्तमान भारतीय टेस्ट कप्तान रोहित शर्मा, पूर्व कप्तान अजीत वाडेकर र पूर्व बीसीसीआई अध्यक्ष शरद पवारको नाममा एक-एक स्ट्याण्ड (दर्शक दीर्घा या पवेलियन)-को नाम राख्यो। स्ट्याण्डको नाम राख्ने फसेला एमसीए-को वार्षिक आम बैठकको अवधि लिइयो। पारित प्रस्ताव अनुसार, दिवेचा पवेलियनको तेस्रो तल्लालाई अब रोहित शर्मा स्ट्याण्डको नाम दिइनेछ, ग्राण्ड स्ट्याण्डको तेस्रो तल्लाको नाम पूर्व आईसीसी चेयरम्यान पवारको नाममा राखिने अनि ग्राण्ड स्ट्याण्डको चौथो तल्लाको नाम वाडेकरको नाममा राखिनेछ। वाडेकरले १९६६-देखि १९७४-सम्म ३७ वटा टेस्ट र २ वटा वनडे इण्टरनेशनल म्याच खेलेका थिए। उनले १९७१-मा वेष्ट इण्डिज र ईंग्ल्याण्डमा भारतलाई ऐतिहासिक सीरीज जीत दिलाएका थिए। अगस्त २०१८-मा ७७ वर्षको आयुमा उनको निधन भएको थियो। एमसीए-का अध्यक्ष अजिंक्य नाइकले भने, आजको फसेलाले मुम्बई क्रिकेटका स्तम्भहरू प्रति हाम्रो गहिरो सम्मान र एउटा मजबूत भविष्य बनाउने हाम्रो दृढ़संकल्पलाई दर्शाउँछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement