नयाँ दिल्ली: भारतका स्टार शूटर सौरभ चौधरीले पेरुको राजधानी लीमामा जारी सालको दोस्रो आईएसएसएफ वर्ल्ड कप राइफल/पिस्टल/शट्गन चरणको पहिलो दिन पुरुषहरूका १० मीटर एयर पिस्टल स्पर्धामा काँस्य पदक जितेर भारतको निम्ति खाता खोले। स्पर्धामा चीनका हू काई-ले २४६.४-को स्कोरसहित स्वर्ण पदक जिते, जुन वर्ल्ड रेकर्डदेखि केवल ०.१ पोइण्ट कम्ती थियो। यसरी ब्राजीलका ओलम्पिक पदक विजेता फेलिप अल्मेडा वू-ले रजत पदक जिते। एशियन गेम्स (२०१८) र युथ ओलम्पिकमा स्वर्ण पदक विजेता सौरभले लास पालमास शूटिंग परिसरमा २२औं शटपछि २१९.१-को स्कोरसहित काँस्य पदक जिते। यसअघि सौरभ र वरुण तोमर आठ शूटरहरूका फाइनलमा स्थान बनाउन सफल रहे। यसमा सौरभले ५७८-को स्कोरसहित पाँचौं स्थान हासिल गरेका थिए जबकि वरुण ५७६-को स्कोरसहित आठौं स्थानमा रहेका थिए। फाइनलको दबाउमा पछाड़िएर वरुण पदक जित्नदेखि चुके। यसअघि एशियन गेम्सका पूर्व च्याम्पियन सौरभले सुरुचिसँग मिलेर ब्यूनस आयर्समा आईएसएसएफ वर्ल्ड कपमा १० मीटर एयर पिस्टल मिश्रित टीम स्पर्धामा आफ्नै देशका मनु भाकर र रविन्दर सिंहलाई १६-८-ले पराजित गरी काँस्य पदक जितेका थिए।