म्याच हारेपछि ईमानदारीपूर्वक जिम्मेवारी लिए केकेआर-का कप्तान अजिंक्य रहाणेले

IMG-20250416-WA0130

मुल्लांपुर: काेलकत्ता नाइट राइडर्स (केकेआर)-ले आईपीएल २०२५-को ३१औं म्याचमा पञ्जाब किंग्सविरुद्ध १६ रनले निराशाजनक हारको सामना गर्नु परेको थियो। म्याच जित्न केकेआर-लाई केवल ११२ रनको लक्ष्य प्राप्त भएको थियो तर गत सीजनको च्याम्पियन टीम १५.१ ओभरमा केवल ९५ रन बनाएर अलआउट भयो। केकेआर-को स्कोर एक समय २ विकेटमा ६२ रन रहेको थियो तर पछिबाट टीमले केवल ३३ रनमा रहल ८ विकेट गुमायो। म्याचपछि निराश देखिएका केकेआर-का कप्तान अजिंक्य रहाणेले भने, यसमा बुझ्ने-बुझाउने केही छैन कारण मैदानमा जे पनि भयो त्यो सबैले देखे। टीमको प्रयासले निराश छु। म सम्पूर्ण जिम्मेवारी लिन्छु। मैले अंगकृषसँग कुरा गरेको थिएँँ तर उनी पनि डीआरएस-लाई लिएर निश्चित थिएनन्। उनले पनि अम्पायरको फसेला सही हुन सक्ने बताए। म त्यस समय कुनै जोखिम उठाउन चाहदिन थिएँ कारण म पनि निश्चित थिइनँ। उल्लेखनीय छ, अंगकृष र रहाणेको जोड़ीले केकेआर-लाई सही दिशामा अघि लगिरहेको थियो। यस अवधि म्याचको आठौं ओभरमा स्पिनर युजवेन्द्र चहलको बलिंगमा अम्पायरले रहाणेलाई एलबीडब्ल्यू आउट घोषित गरे अनि केकेआर-का कप्तानले डीआरएस-को सहारा नलिएर मैदान छोड़्ने फसेला गरे। टेलिभिजन रिप्लेमा बल अफ् स्टम्प बाहिर गइरहेको पत्तो लाग्यो।
के नेट रन रेटको कुरा दिमागमा चलिरहेको थियो भन्ने प्रश्नको जवाफमा रहाणेले भने, त्यस्तो केही थिएन। हामीले ब्याटिंग एकाईको रूपमा वास्तवमा खराब ब्याटिंग गऱ्यौं अनि हामी पूरा जिम्मेवारी लिन्छौं। बलरहरूले यस सतहमा असाधारण प्रदर्शन गरे अनि पञ्जाबको मजबूत ब्याटिंग लाइनअपलाई १११ रनमा रोके। जे भए पनि एकजना व्यक्तिको रूपमा तपाईं आश्वस्त र सकारात्मक रहनु जरूरी हुन्छ। यस विकेटमा हामीले हतार नगरी खेल्नु पर्थ्यो। यस पीचमा स्वीप शट् खेल्नु कठिन थियो। हामीले सही क्रिकेटिंग शट्हरू खेल्नु पर्थ्यो। अहिले पनि टुर्नामेण्टको आधा हिस्सा बाँकी छ अनि हामी आउँदो म्याचहरूमा यस्तो गल्तीहरू गर्नदेखि बाँच्नु पर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement