११ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार खेलिएको दोस्रो म्याचमा आरएसडीडब्ल्यूए स्क्वायर विजयी भयो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा आज भएको दोस्रो म्याचमा आरएसडीडब्ल्यूए स्क्वायर-ले सिटोंग १ बोइज क्लबलाई टाईब्रेकरमा ३-१-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर ४-४-को बराबरीमा रहेको थियो। नियमित समयमा आरएसडीडब्ल्यूए स्क्वायर-बाट तुषान्त थापाले २ गोल गरे। यसबाहेक मेक्सिम लामा र अभियान थापाले १-१ गोल गरे। यसरी नै सिटोंगको टीमबाट दावा लेप्चाले ह्याट्रिक गरे। यसबाहेक उसान लेप्चाले १ गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा ३६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ३० सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल २ अक्टोबरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।