मुल्लांपुर: आईपीएल २०२५-को ३१औं म्याचमा पञ्जाब किंग्सले काेलकत्ता नाइट राइडर्स (केकेआर)-विरुद्ध १६ रनले रोमाञ्चक जीत हासिल गऱ्यो। महाराजा यादवेन्द्र सिंह इण्टरनेशनल क्रिकेट स्टेडियममा मंगलवार टस जितेर पहिला ब्याटिंग गर्दै पञ्जाब किंग्स १५.३ ओभरमा केवल १११ रन बनाएर आउट भयो। जीतको निम्ति केवल ११३ रनको लक्ष्यलाई खेदो गर्दै केकेआर १५.१ ओभरमा ९५ रन बनाएर अलआउट भयो। केही दिन अघि मात्र सनराइजर्स हैदराबादविरुद्ध २४५ रनलाई पनि बचाउन नसक्ने पञ्जाब किंग्सले आज आफ्नो १११ रनको स्कोरलाई पनि बचाएर देखायो। यो आईपीएलको इतिहासमा पहिला ब्याटिंग गर्ने कुनै पनि टीमले बचाएको सबैभन्दा कम्ती स्कोर हो। पञ्जाबका लेग स्पिनर युजवेन्द्र चहलले आज ४ विकेट लिएर केकेआर-को ब्याटिंग क्रमलाई ध्वस्त पारे। यसबाहेक पेस बलर मार्को यानसनले ३ विकेट लिए। केकेआर-को तर्फबाट अंगकृष रघुवंशीले सर्वाधिक ३७ रन बनाए। यसबाहेक कप्तान अजिंक्य रहाणे र आन्द्रे रसेलले १७-१७ रनको योगदान दिए। यसअघि पञ्जाबलाई प्रियांश आर्य र प्रभसिमरन सिंहको जोड़ीले तेज शुरुवात दिलाए पनि पछिबाट लगातार विकेटको पतन हुँदा टीम १११ रनमा अलआउट भयो। प्रियांशले १२ बलमा २२ रन बनाए। यसरी प्रभसिमरनले ३ वटा छक्का र २ वटा चौकाको साथ १५ बलमा ३० रन बनाए। शशांक सिंहले १८ रनको योगदान दिए। अन्य सबै आउने र जाने मात्र भए। केकेआर-का बलरहरूमा हर्षित राणाले ३ विकेट लिए। यसरी वरुण चक्रवर्ती र सुनिल नारेनले पनि २-२ सफलता हासिल गरे।