गावस्करको संस्थाद्वारा काम्बलीलाई वित्तीय सहायता

IMG-20250415-WA0362

मुम्बई: भारतका महान क्रिकेटर सुनिल गावस्करले पूर्व क्रिकेटर विनोद काम्बलीको सहयोगको निम्ति हात बढ़ाएका छन्, जो लामो समयदेखि स्वास्थ्य र आर्थिक समस्याहरूसँग संघर्ष गरिरहेका छन्। गावस्करले १९९९-मा स्थापना गरेको च्याम्प्स फाउण्डेशनले अब काम्बलीलाई आजीवन हरेक महिना ३०,००० रुपियाँ गरेर आर्थिक सहायता दिनेछ। यो सहायता १ अप्रेल २०२५ देखि लागू भइसकेको छ। यसको साथमा फाउण्डेशनले काम्बलीको चिकित्सा खर्चहरूका निम्ति हरेक साल ३०,००० रुपियाँको अतिरिक्त समर्थन पनि दिनेछ। भारतको निम्ति १७ वटा टेस्ट र १०४ वटा वनडे इण्टरनेशनल क्रिकेट म्याच खेल्ने ५३ वर्षीय काम्बलीलाई दिसम्बर २०२४-मा उनलाई यूरिनरी इन्फेक्शन र अन्य स्वास्थ्य समस्याहरूले गर्दा अस्पतालमा भर्ना गरिएको थियो। काम्बलीलाई बीसीसीआई-बाट ३०,००० रुपियाँको मासिक पेन्शन प्राप्त हुन्छ अनि एउटा राजनैतिक पार्टीबाट उनलाई एकमुश्ट ५ लाख रुपियाँको सहायता प्रदान गरिएको थियो। गावस्करको यस सहायतापछि उनको मासिक आय अब ६०,००० रुपियाँ हुनेछ, जसले उनलाई सामान्य राहत अवश्यै प्राप्त हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement