नयाँ दिल्ली: कंगना रनौतले ब्रह्मास्त्रमाथि सीधा हमला गरेकी छिन्। यसबाहेक उनले फिल्मका निर्देशक अयान मुखर्जी, फिल्मका निर्माता करण जोहर, अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्टलाई पनि हकारेकी छिन्। कंगना रनौतले ब्रह्मास्त्रका निर्देशक अयान मुखर्जीमाथि सीधा हमला गरेकी छिन्। यसका अलावा उनले फिल्मका निर्मातालाई पनि हकारेकी छिन्। ब्रह्मास्त्रलाई फ्यान र समीक्षक दुवैबाट मिश्रित प्रतिक्रिया आइरहेको छ। कंगनाले फिल्म निर्मातामाथि झुट बेचेको आरोप पनि लगाएकी छिन्। बलिउडका केही समुहले फिल्मको प्रमोशनका लागि जुनसुकै हदसम्म पनि जानसक्ने बताइन्। उनीहरुको कारणले कमल आर खान पक्राउ परेको पनि उनले बताए।
ब्रह्मास्त्रमा आलिया भट्ट र रणवीर कपुरका अलावा मौनी रोय, अमिताभ बच्चन र नागार्जुन मुख्य भूमिकामा छन्। कंगना रनौतले फिल्मले पाएको नकारात्मक प्रतिक्रियाको स्क्रिनसट सेयर गरेकी छिन्। साथै उनले लेखिन्, ‘जब तिमी झुट बेच्न खोज्छौ, तब यस्तो हुन्छ करण जोहरले जबरजस्ती हरेक शोमा आलिया भट्ट र रणबीर कपूर राम्रा कलाकार हुन् र अयान मुखर्जी जीनियस हुन् भन्थे। त्यसैले उनले यो झूट पत्याउन थाले। ६०० करोडको बजेटको फिल्म दिए जसले जीवनमा फरक पार्यो। कहिले पनि राम्रो काम गरेन। फिल्म बनाउन फक्स स्टुडियोले आफैलाई बेच्नु पर्यो। यस्ता जोकरहरूको कारणले अझै कति स्टुडियोहरू बन्द हुनेछन्?’