राजधानीमा गान्तोक गट ट्यालेन्ट

IMG-20250415-WA0368

गान्तोक: राजधानीस्थित एमजी मार्गमा आजदेखि गान्तोक गट ट्यालेन्ट कार्यक्रम सम्पन्न भयो। यस अवसरमा राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथिका रुपमा उपस्थित थिए। मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथिका रुपमा सहभागी थिए। गान्तोक जिल्ला प्रशासन र स्टार अफ् होपको संयुक्त पहलमा आयोजित कार्यक्रमको मुख्य उद्देश्य राज्यका प्रतिभाशाली युवाहरूलाई मञ्च प्रदान गर्नु रहेको छ। उनीहरुको कलालाई मञ्च उपलव्ध गराउनु हो। उक्त कार्यक्रम भारत सरकारको ‘बेटी बचाओ बेटी पढाओ’ र ‘नशामुक्त भारत अभियान’ जस्ता देशव्यापी अभियानहरूअन्तर्गत आममानिसहरुलाई जागरुकता गराउनु प्रमुख लक्ष्य रहेको छ। जिल्ला प्रशासनले समाजमा जागरूकता फैलाउने र युवाहरूलाई सिर्जनात्मक कार्यमा प्रेरित गर्ने लक्ष्य राखेर कार्यक्रम आयोजन गरेको हो। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल माथुरले प्राकृतिक सौन्दर्य र सांस्कृतिक समृद्धिका लागि परिचित सिक्किमले प्रतिभाशाली कलाकारहरुलाई प्रोत्साहन मात्र नगरेर समाजमा सकारात्मक ऊर्जा पनि सञ्चार गरिरहेको बताए। यसका साथै, उनले सिक्किमलाई अझ सशक्त बनाउन हरेक गाउँमा यस प्रकारको कार्यक्रमहरू आयोजना गरिनुपर्ने सुझाउ राख्दै आज प्रदर्शन गरिएको नाटकहरुको प्रशंसा गरे। राज्यपालले युवाहरूलाई प्रेरणा दिँदै भने, बालबालिकाहरूलाई खेलकुद र कलाको क्षेत्रमा प्रोत्साहित गर्नु आवश्यक छ। यसले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्य लाभको साथ जीवनलाई अर्थपूर्ण दिशा प्रदान गर्ने उल्लेख गरे।

About Author

Advertisement