जनजाति राज्यमन्त्री उइकेले गरे सुन्तले ईएमआरएस-को भ्रमण

IMG-20250415-WA0367

नाम्ची: आधिकारिक भ्रमणमा आज मात्रै सिक्किम आइपुगेका केन्द्रीय जनजाति राज्य मन्त्री दुर्गादास उइकेले आज नाम्ची जिल्लाको सुन्तलेस्थित एकलव्य मोडल रेसिडेन्सियल स्कूल (ईएमआरएस) को निरीक्षण गरे। भ्रमणअवधि केन्द्रीय मन्त्रीले विद्यालयको कक्षाहरू साथै अन्य सुविधाहरूको जायजा लिए। यस अवसरमा विद्यालयका प्राचार्य डा. अमर कान्ती जानाले पावर पोइन्टमार्फत विद्यालयको अवस्था र उपलब्धीहरू बारे जानकारी गराए।
विद्यालयका शिक्षक-शिक्षिका अनि कर्मचारीहरूलाई सम्बोधन गर्दै मन्त्री उइकेले विद्यार्थीहरूलाई कृषिजन्य गतिविधि साथै व्यवस्थापनको क्षेत्रमा प्रोत्साहित गर्ने अपील गरे। यसको साथै विद्यार्थीहरूको निम्ति पौष्टिक आहारमाथि पनि उनले विशेष जोर दिए।
सिक्किम राज्य भ्रमणको क्रममा केन्द्रीय मन्त्री उइके भोलि सोरेङ जिल्ला पुग्नेछन्। आज उनले सुन्तलेको एकलव्य मोडल रेसिडेन्सियल स्कूलको भ्रमण गर्दा उनको साथमा क्षेत्र विधायक एनबी प्रधान, जिल्ला अध्यक्ष सुक्षी अन्जिता राजालिम साथै अन्यको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement